नेपाल इन्स्योरेन्सको लिलामी सेयरको बोलपत्र बुधबार खुल्ने

Jun 26, 2018 Merolagani

नेपाल इन्स्योरेन्स (NICL) ले लिलामी ल्याएको लिलामी सेयरको बोलपत्र असार १३ गते बुधबार खुला हुने भएको छ । कम्पनीको सेयर विक्री प्रबन्धक एनआईबिएल क्यापिटलमा दिउँसो ३ बजे बोलपत्र खुला हुने बताइएको छ ।

कम्पनीले बैशाख ५ देखि जेठ ८ गतेसम्म हकप्रदमा बिक्री गरेकोमा हकप्रदमा विक्री नभएको २ हजार १७७ कित्ता संस्थापक र १ लाख ५८ हजार ९४६ कित्ता सर्वसाधारण समूहको हकप्रद शेयर असार ३ देखि १० गतेसम्म लिलामी आह्वान गरेको थियो । 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।