प्रभु बैंकको लिलामी सेयरको बोलपत्र कहिले हुने भयो खुला ?

Jul 08, 2018 Merolagani

प्रभु बैंक (PRVU) ले असार ११ गतेदेखि १८ गतेसम्म लिलामीमा ल्याएको २२ लाख ३१ हजार २६५ कित्ता सेयरको बोलपत्र सोमबार बिहान १० बजेदेखि खुला हुने भएको छ ।

बैंकको सेयर विक्री प्रबन्धक प्रभु क्यापिटलले बिहान १० बजेदेखि बोलपत्र खुला गर्ने जनाएको छ । संस्थापकको १० बजे तथा साधारण सेयरको १० ३० बजे खुला हुने मिति तय भएको प्रभु क्यापिटलले जनाएको छ । 

बैंकले संस्थापक समूहतर्फको १५ लाख ६० हजार २०३ कित्ता र साधारण तर्फको ६ लाख ७१ हजार ६२ कित्ता सेयर लिलामीमा ल्याएको थियो ।

बैंकको सेयर बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार संस्थापक सेयरमा ४५ वटा तथा साधारण सेयरमा दुई हजार ३० वटा आवेदन परेको छ ।

संस्थापक सेयरका लागि न्यूनतम एक हजार कित्ता र साधारण सेयरका लागि एक सय कित्ता सेयरका लागि निवेदन दिनुपर्ने व्यवस्था रहेको थियो ।

बैंकको सेयरमूल्य आइतबार प्रतिकित्ता १९२ रुपैयाँ हाराहारीमा कारोबार भएको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।