महालक्ष्मी विकास बैंकद्धारा साँफेबगरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

May 30, 2018 Merolagani



महालक्ष्मी विकास बैंकले जेठ ५ गते साँफेबगर नगरपालिका वडा नं ४ स्थित जनकल्याण माध्यमिक विद्यालयमा बयलपाटा अस्पतालको समन्वयमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरेको छ । उक्त शिविरबाट १४७ जना लाभान्वित भएको बैंकले जानकारी गराएको छ ।

बैंकले जेठ ११ गते नेपाल नेत्रहिन संघ सुकेधारा मार्फत ५० जना दृष्टिबिहिनहरुलाई सेतो छडि बितरण गरेको छ । सुकेधारा हाखा प्रबन्धक निरञ्जन कुईकेलले छडि वितरण गर्दै सामाजिक रुपमा असक्त व्यक्तिहरुप्रति गरिने सहयोग आगामी दिनमा पनि जारी रहने बताएका छन् । 

बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।