उपत्यकामा १० महिनामा हजार बढी साइबर अपराधका घटना

May 31, 2018 Merolagani



काठमाडौँ उपत्यकामा साइबर अपराधका घटना बढ्दोरुपमा रहेका छन् । प्रविधिको विकाससँगै सामाजिक सञ्जालमार्फत अपराध गर्नेको संख्या बढ्दै गएको हो ।

महानगरीय अपराध महाशाखामा चालू आर्थिक वर्षको १० महिनामा एक हजार १७६ साइबर अपराधका घटना दर्ता भएका छन् । सामाजिक सञ्जाल विशेष गरेर फेसबुक, इमेल, ट्वीटर, युट्युब, एसएमएस, एटीएमलगायतबाट साइबर अपराधका घटना बढेका हुन् ।

साइबर अपराधमध्ये चालू आवको १० महिनामा ५४ जनालाई मुद्दा चलाइएको महानगरीय अपराध महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिनुभयो ।

“विभिन्न सामाजिक सञ्जालमा ३७, अरु व्यक्तिको पासपार्ट ह्याकिङ गर्ने दुई, नचाहिँदो कुरा लेखेर एसएमएस गरेर धम्की दिने ११, एसएमएस गरेर चिट्टा प¥यो भनेर ठगी गर्ने तीन र युट्युबमा अनावश्यक कुरा राखेर चरित्र हत्या गर्ने दुईजनालाई मुद्दा चलाएका छौँ,”– उहाँले भन्नुभयो ।

साइबर अपराधमा लाग्नेमध्ये सबैभन्दा धेरै व्यक्ति १२ वर्षदेखि ४५ वर्षसम्मका रहेको महाशाखाले जनाएको छ । आवमध्ये चार वर्षको तथ्याङ्कलाई हेर्दा आव २०७१/०७२ मा ३०५, आव २०७२/७३ मा ८३० र आव २०७३/०७४ मा एक हजार १९७ मुद्दा महाशाखामा दर्ता भएका थिए ।

पछिल्लो समयमा उपत्यकालगायत देशभर साइबर अपराध बढ्दै गएपछि यही जेठ १५ गते अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदका दुवै बैठकमा प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा साइबर अपराध नियन्त्रण ब्यूरो स्थापनाका लागि बजेट विनियोजन गरेका छन् ।




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।