हकप्रद नबिकेपछि सहारा विकास बैंकले थप्यो १५ दिन हकप्रद भर्ने म्याद

Jun 21, 2018 Merolagani



चुक्ता पूँजीको २५० प्रतिशत हकप्रद बिक्री गरिरहेको सहारा विकास बैंक (SHBL) ले हकप्रदमा आवेदन नपरेपछि १५ दिन हकप्रद भर्ने समय बढाएको छ ।

जेठ ६ गतदेखि हकप्रद निष्काशन गरेको बैंकले यसअघि असार ९ गतेसम्म हकप्रद आवेदन गर्न सक्ने सूचना जारी गरेको थियो । १५ दिन बढाए पश्चात अब गत बैशाख ९ गतेसम्म कायम बैंकका सेयरधनीले असार २४ गते सम्म हकप्रद खरिद गर्न सक्नेछन् । 

देव विकास बैंकसँग विलय हुने सम्झौता गरेको सहाराले विलयपूर्व एक सेयर बराबर २.५ को अनुपातमा १८ लाख २४ हजार ८७० कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।

बैंकको सेयर बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ । हकप्रदमा सि आश्वा सेवा लिएका बैंक तथा वित्तीय संस्थाका अलवा क्यापिटलको प्रधान कार्यालय लाजिम्पाट, शाखा कार्यालयहरु लालदरबार काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुंगा पोखरा, ट्राफिकचोक बुटवल, आदर्शनगर वीरगञ्ज र गोल्छाचोक विराटनगरबाट आवेदन दिन सकिनेछ ।

यसैगरी, बैंकको मलंगवा नगरपालिका, ९ सर्लाही तथा सिराहा, बरहथवा, इश्वरपुर र लालबन्दी शाखा कार्यालयबाट पनि आवेदन गर्न पाएने व्यवस्था छ ।

हाल बैंकको चुक्ता पूँजी ७ करोड ९४ हजार रहेको छ । हकप्रद पश्चात बैंकको पूँजी बढेर २५ करोड ५४ लाख ८१ हजार रुपैयाँ पुग्नेछ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।