नाडेपको आईपिओ एक लाख ७५ हजार आवेदकले नपाउने

Jun 27, 2018 Merolagani

नाडेप लघुवित्त वित्तीय संस्था (NADEP) ले असार १० गतेदेखि निष्काशन गरेको साधारण सेयरमा २ लाख १९ हजार ११० आवेदकले सेयर माग गरेका छन् । लघुवित्तकाे अार्इपिअाे ४३ हजार २०० आवेदकले पनि गोलाप्रथाबाट १० कित्ता दरले पाउनेछन् । यस्तो अवस्थामा बाँकी एक लाख ७५ हजार ९१० जनाकाे हात खाली हुनेछ ।

बुधबार बेलुकासम्मकाे तथ्याङ्क अनुसार कूल आवेदक संख्याको १९.७२ प्रतिशतले मात्र पाउने देखिएको हो । तर कतिपय तथ्याङ्क रूजु हुन बाँकी नै रहेकाले याे नै अन्तिम नभएकाे लघुवित्तको सेयर विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ्गले जनाएकाे छ ।

विक्री प्रबन्धकका अनुसार नाडेपको आईपिओमा अन्तिम दिन बुधबारसम्ममा एक अर्ब तीन करोड २० लाख ७६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । २ लाख १९ हजार ११० आवेदकले एक करोड ३ लाख २० हजार ७६० कित्ता माग गरेका हुन् । यो सर्वसाधारणका लागि निष्काशन भएको ४ लाख ३२ हजार कित्ताको २३.८९ गुणा बढी हो । 

जसमध्ये मेरो शेयरको प्रयोग गरेर एक लाख ११ हजार ८६३ आवेदकले ४७ लाख ९६ हजार ९४० कित्ताको लागि आवेदन दिएका छन् । मेरो सेयरबाट आवेदन यिदनेको संख्या मात्र कूल आवेदककको साढे ४६ प्रतिशत रहेको देखिन्छ । यसले प्राथामिक निष्काशनमा लगानीकर्ताले प्रविधिको भरपुर प्रयोग गर्न थालेको देखिन्छ ।

सिडिएस एण्ड क्लियरिङ्गले सबै आवेदन मेरो सेयरबाट परे निष्काशन बन्द भएको भोलीपल्ट नै सेयर बाँडफाँड गर्न सकिने बताउँदै आएको छ ।

लघुवित्तले असार १० गतेदेखि कूल ४ करोड ८० लाख रुपैयाँ बराबरको चार लाख ८० हजार कित्ता आइपिओ निष्काशन गरेको हो । यसमध्ये सर्वसाधारणका लागि ४ लाख ३२ हजार कित्ता बिक्री खुला गरिएको थियो भने २४/२४ हजार कित्ता लघुवित्तका कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

नाडेपको ३० प्रतिशत आईपिओ जारी गरेसँगै ११ करोड २० लाख रुपैयाँको पूँजी १६ करोड रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।