स्थानीय तहमा बैंकिङ्ग सुविधा नहुँदा सदरमुकाममा भीडभाड

Jul 10, 2018 RSS

बैतडी जिल्लाका स्थानीय तहमा बैंकिङ्ग सुविधा नहुँदा सदरमुकामका बैंकमा उपभोक्ताको भीडभाड रहेको छ । सदरमुकामस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा सेवाग्राहीको भीड बढ्दै गएको छ ।

असारको शुरुवातदेखि नै बैंकमा भीड लागेको हो । स्थानीय तहमार्फत सञ्चालित योजनाको भुक्तानी लिनेको भीड वाणिज्य बैंकमा लाग्ने गरेको छ ।

बैंकमा दिनभर लाइन लागेपछि मात्रै पालो आउने गरेको सेवाग्राहीले बताएका छन् । बैंकिङ्ग कारोवारकै लागि सदरमुकाम आउनुभएका दोगडाकेदार गाउँपालिकाका भुपेन्द्र भण्डारी ग्लोबल बैंक स्थापना भएपनि सबै कारोवार वाणिज्य बैंक मार्फत हुने गरेको बताउँछन् ।

गत वर्ष साउनमै स्थानीय तहमा बैंक स्थापना हुने भनिए पनि केही स्थानीय तहमा अझै पनि बैंक स्थापना भएको छैन । सदरमुकाममा अन्य बेला सुनसान भए पनि असार शुरु भएदेखि निकै भीड बढेको छ । बैंकबाट भुक्तानी लिनेको सदरमुकाममा भीड बढ्दा कारोवार बढेको स्थानीय व्यापारी विनोदबहादुर चन्दले बताए ।

जेठमै सम्पन्न भएका योजनाको भुक्तानी दिन ढिलाइ हुँदा असारमा उपभोक्ताको भीडभाड बढेको हो । स्थानीय तहमा बैंकिङ्ग सुविधा नहुँदा जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारण बैंकिङ्ग कारोबारका लागि सदरमुकाम धाउन बाध्य छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।