बजेटका लक्ष्यलाई सार्थक तुल्याउने गरी मौद्रिक नीति आज सार्वजनिक गरिने

Jul 11, 2018 Merolagani

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले आगामी बर्षका लागि विनियोजित बजेटका लक्ष्यलाई सार्थक बनाउने बलियो आधार लिएर मौद्रिक नीति सार्वजनिक गर्ने बताएको छ ।

राष्ट्र बैंकले विनियोजित बजेट, वर्तमान वित्तीय अवस्था र चालू आवको मौद्रिक नीति कार्यान्वयनको सकारात्मक तथा नकारात्मक अवस्थाको विश्लेषणका आधारमा आगामी आवका लागि मौद्रिक नीति सार्वजनिक गर्न लागेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।

राष्ट्र बैंकले आज दिउँसो २ बजे सञ्चालक समितिले पारित गरेको मौद्रिक नीति गर्न लागेको हो। आगामी आवको बजेटले ८ प्रतिशतको आर्थिक वृद्धिदर एवं ६.५ प्रतिशतको मुद्रास्फ्रिति दर कायम गर्ने लक्ष्य राखेको छ । यी लक्ष्यलाई मौद्रिक नीतिले सम्बोधन गर्ने विश्वास लिइएको छ ।

बजेटले राखेको लक्ष्य पूरा गर्ने हो भने रु २५ खर्बभन्दा बढीको लगानी गर्नुपर्ने हुन्छ । तर, वर्तमान अवस्थामा बैंकले रु २० खर्ब लगानी परिचालन गरेका छन् । बजेटले राखेको वृद्धिदरको लक्ष्य पूरा गर्नका लागि थप २५ प्रतिशत अर्थात् रु पाँच खर्ब लगानी थप्नुपर्नेछ ।

व्याजरदरलार्इ व्यवस्थीत गर्ने, सरकारी अनुदानका योजनाहरुमा विशेष कर्जाको व्यवस्था, अनिवार्य तरलता अनुपात लगायतका बिषय मौद्रिक नीतिमा समेटिएका छन् । बैंकहरुले विदेशी बैंकबाट ऋण ल्याउने व्यवस्था मौद्रिक नीतिबाटै गरिने भएको छ ।

बैंक तथा वित्तीय संस्थामा देखिएको लगानीयोग्य रकमको अभावलाई सम्बोधन गर्दै ब्याजदरमा स्थायित्व कायम हुने गरी मौद्रिक नीति आउने अपेक्षा गरिएको छ ।

वैदेशिक लगानीलाई प्रवद्र्धन गर्ने, वित्तीय क्षेत्र सुधार, शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा प्रवाह गर्ने र सबै नेपालीको बैंक खाता जस्ता कार्यक्रमले प्राथमिकता पाउने देखिन्छ ।

साथै नीति तथा कार्यत्रम र बजेटले उत्साहित तुल्याउन नसकेको शेयर बजारलाई मौद्रिक नीतिले केही राहत दिने अपेक्षा आम लगानीकर्ताले राखेका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।