लघुवित्तलाई नयाँ लाइसेन्स नदिने, मर्जरमा प्रोत्साहन

Jul 11, 2018 Merolagani



कोषको  लागतमा  ६  प्रतिशतसम्म  थप  गरी  कर्जाको  ब्याजदर  कायम  गर्न  सक्ने

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक  नीतिमा लघुवित्तको नयाँ लाइसेन्स नदिने पुरानो निर्णयलाई निरन्तरता दिएको छ । मौद्रिक  नीतिमा लघुवित्त नियमन शीर्षकमा ७ वटा व्यवस्थाहरू गरिएको छ ।

उक्त व्यवस्था अन्तर्गत उस्तै विशेषता बोकेका लघुवित्तहरूलाई मर्जरका लागि प्रोत्साहन गर्ने उल्लेख छ । मौद्रिक  नीति मार्फत लघुवित्तलाई अनिवार्य रूपमा कर्जा सूचना केन्द्र सञ्जालमा जोड्ने नीति अबलम्बन गरिएको छ ।

त्यस्तै बिना धितो सामूहिक जवानीमा प्रदान गरिने लघु कर्जा एक भन्दा बढी लघुवित्त वित्तिय संस्थहरूबाट लिँदा एकल कर्जाको सीमा नाधन नहुने नीति लिएको छ ।

समूहमा आबद्ध भएर तथा नभएकाहरूलाई लघुउद्दम गर्नका लागि १० लाखसम्म कर्जा प्रवाह गर्न सक्ने नीति मौद्रीक नीतिले लिएको छ ।

कोषको  लागतमा  ६  प्रतिशतसम्म  थप  गरी  कर्जाको  ब्याजदर  कायम  गर्न  सक्ने

 

लघुुवित्त  वित्तीय  संस्थाहरुले  आफ्नो  कोषको  लागतमा तोकिएको प्रशासनिक  खर्चका अतिरिक्त बढीमा  ६  प्रतिशत  विन्दुुसम्म  थप  गरी  कर्जाको  ब्याजदर  कायम  गर्न  सक्ने व्यवस्था गरिनेछ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।