बैंकहरुले भारतीय मुद्रामा समेत प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ऋण लिन पाउने

Jul 11, 2018 Merolagani



लघुवित्त संस्थाहरुले समेत विदेशी मुद्रामा ऋण लिन पाउने 

वाणिज्य बैंकहरुले परिवत्र्य विदेशी मुद्राका अतिरिक्त भारतीय मुद्रामा समेत ऋण लिन पाउने भएका छन् । राष्ट्र बैंकले आगामी बर्षको मौद्रिक नीति मार्फत प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था गरेको हो।

 

लगानीयोग्य साधन बढाउने उद्देश्यले राष्ट्र बैंकले २०७४ चैत २० गते वाणिज्य बैंकहरुलाई आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म परिवत्र्य मुद्रामा बाह्य ऋण परिचालन गर्न पाउने व्यवस्था गरेको थियो ।

यसको दायरा थप विस्तार गर्दै बैंक तथा वित्तीय संस्थाहरुले परिवत्र्य विदेशी मुद्राका अतिरिक्त भारतीय मुद्रामा समेत आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था गरिएको गभर्नर नेपालले जानकारी दिए ।

यो व्यवस्थाले वाणिज्य बैंकहरुले विदेशी बैंकहरुबाट झण्डै ८५ अर्ब बराबरको रकम कर्जा लिन सक्ने देखिएको छ ।

लघुवित्त संस्थाहरुले समेत प्राथमिक पुँजीको २५ प्रतिशतसम्म विदेशी मुद्रामा ऋण लिन पाउने 

त्यसैगरी लघुवित्त वित्तीय संस्थाहरुको साधन परिचालन र साधनको लागत व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले यस्ता संस्थाहरुले समेत आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म विदेशी मुद्रामा ऋण लिन पाउने व्यवस्था गरिएको छ । यस व्यवस्थाबाट यी संस्थाहरुलाई वित्तीय साधन परिचालन र लागत व्यवस्थापनमा सहयोग पुग्ने विश्वास राष्ट्र बैंकको छ ।

पूर्वाधारमा भित्रिने विदेशी लगानीलाई हेजिङ सुविधा उपलब्ध गराउने

साथै राष्ट्र बैंकले पूर्वाधारका परियोजनाहरुमा भित्रिने विदेशी लगानीलाई छुट्टै कोषमा जम्मा गरी हेजिङ सुविधा उपलब्ध गराउने व्यवस्था मिलाउने भएको छ । यस कोषले विदेशी लगानीकर्ताले व्यहोर्नुपर्ने विदेशी विनिमयमा निहित जोखिम व्यवस्थापन गर्न सहयोग पु¥याउने राष्ट्र बैंकको भनाई छ ।

यस सुविधाबाट ठूला जलविद्युत आयोजना, प्रसारण लाइन, सडक तथा अन्य पूर्वाधार परियोजनामा वैदेशिक लगानी आकर्षित हुने विश्वास गरिएको छ । यसका लागि उपयुक्त कार्यविधि तयार गरिने राष्ट्र बैंकले जनाएको छ ।

विदेशी बैंकको नेपालमा शाखा स्थापना व्यवस्थाको पुनरावलोकन गरिने

बैंक तथा वित्तीय संस्था स्थापना सम्बन्धी विद्यमान नीतिगत व्यवस्था र विदेशी बैंकको नेपालमा शाखा तथा प्रतिनिधि कार्यालय स्थापना गर्ने सम्बन्धी नीतिगत व्यवस्थाको पुनरावलोकन गरिने भएको छ ।

साथै, नेपालमा रहेका विदेशी बैंकका प्रतिनिधि कार्यालयले नियमित रुपमा राष्ट्र बैंकमा वित्तीय विवरण पेश गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।