चेम्बर अफ कमर्श भन्छ, 'मौद्रिक नीति आर्थिक वृद्धि लक्षित छ' (भिडियो)

Jul 11, 2018 Merolagani



चेम्बरका उपाध्यक्ष कमलेस अग्रवालले बैंकहरुको स्प्रेडदर घटेकाले दुई प्रतिशतसम्म ब्याजदर घट्ने सक्ने आंकलन गरेका छन् । सिआरआर ४ प्रतिशतमा घटेकाले ४८ अर्ब तरलता बढेकोमा खुसी व्यक्त गरेका उनले भारतीय मुद्रामा बाणिज्य बैंकले कर्जा लिन पाउने व्यवस्थाले तरलतामा सुधार आउने अपेक्षा गरेका हुन् ।

मुलुकको आर्थिक वृद्धि लक्षित मौद्रिक नीति आएको बताउँदै अग्रवालले बैंकहरुको सिआरआर र एसएलआर घटाइएकाले व्याजदर स्वत कम भएर लगानीमा उत्साह बढ्ने बताए ।

ओभर ड्राफ्ट धेरै किसिमका भएकाले व्यक्तिगत ओभरड्राफ्टमा ल्याइएको संकुचन सामान्य विषय भएको उनको भनाई थियो ।

मौद्रिक नीतिका सम्बन्धमा अग्रवालले राखेका बिचार भिडियोमा हेर्नु होस् ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।