पञ्चकन्याको आईपिओ नतिजा मेरोलगानीमा हेर्नुहोस्

Jul 27, 2018 Merolagani

पञ्चकन्या माई हाइड्रोपावर (PMHL) को साधारण सेयर (आईपिओ) शुक्रबार बिहान बाँडफाँड भएको छ । कम्पनीको सेयर रितिपूर्वक आवेदन दिने एक लाख ४६ हजार ३८९ जनामध्ये एक लाख एक सय जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर हात पारेका छन् । 

पञ्चकन्याकाे आईपिओ नतिजा हेर्नको लागि मेरोलगानीको गृहपृष्ठमा रहेको आईपिओ (IPO) शिर्षकभित्र रहेको आईपिओ रिजल्ट (IPO RESULT) मा जानुहोस् ।

त्यसपछि आईपिओ नतिजा हेर्नुपर्ने सम्बन्धीत कम्पनी पञ्चकन्या हाइड्राेपावर छनौट गरि हितग्राही खाता नम्बर (बिओआईडि BOID) सेक्सनमा आफ्नो १६ अंकको डिम्याट नम्बर राखेर खोजी (SEARCH Botton) मा गएर आफुलाई एफपिओ पर्यो कि परेन हेर्न सक्नुहुन्छ ।

आईपिओमा कुल आवेदकमध्ये ६८ प्रतिशत अर्थात एक लाख एक सय जना आवेदकले सेयर पाएका छन् भने ३२ प्रतिशत अर्थात ४६ हजार २८९ जनाको मात्र हात खाली भएको छ ।

कम्पनीले कूल ११ लाख कित्ता सेयर निष्काशन गरेकोमध्ये ४४ हजार कित्ता कम्पनीका कर्मचारी र ५५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो । बाँकी १० लाख १ हजार कित्ता सर्वसाधारणलाई बाँडफाँड गरिएको हो ।

आईपिओमा एक लाख ४६ हजार ३८९ जना आवेदनबाट एक करोड ८४ लाख ७३० कित्ता सेयर माग गरेका थिए ।
प्रथामिक निष्काशनमा प्रकृतिक ब्यक्तिले मात्र आवेदन गर्न पाउने २२ वटा आवेदन संस्थागत लगानीकर्ताको तर्फबाट परेकाले रद्ध भएको क्यापिटलले जनाएको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।