राष्ट्रिय बीमा कम्पनीले कमायो ५५ करोड खुद नाफा

Aug 04, 2018 Merolagani

राष्ट्रिय बीमा कम्पनी (RBCL) ले आर्थिक वर्ष २०७४/०७५ मा कूल ५५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । साथै कम्पनीले बीमा शुल्क बापत ९३ करोड ८८ लाख रुपैयाँ र लगानी तथा कर्जाबाट ७४ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनी वि. सं २०२४ साल पुस १ गते राष्ट्रिय बीमा कम्पनी (प्रालि) का रुपमा स्थापित भई २०२५ साल पुस १ गतेदेखि राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ अन्तर्गत संस्थानमा परिणत भई निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको थियाे ।

राष्ट्रिय बीमा संस्थानको निर्जीवन बीमा व्यवसायलाई अलग संस्थाबाट सञ्चालन गर्ने सम्बन्धी नेपाल सरकार, मन्त्रिपरिषद्को २०७१ वैशाख २३ गतेको निर्णयबमोजिम साविकको संस्थानले सञ्चालन गर्दै आएको निर्जीवन बीमा व्यवसाय राष्ट्रिय बीमा कम्पनीका रुपमा स्थापना भई व्यावसायिक कारोबार शुरु गर्दै आइरहेको छ ।

कम्पनीको हाल १२ वटा शाखा कार्यालय र दुई सम्पर्क कार्यालय सञ्चालनमा रहेका छन् । बीमा समितिले जारी गरेको पशु तथा बाली बीमा गर्ने नीतिबमोजिम कम्पनीले पनि पशु तथा बालीको बीमा व्यवसाय गरी कृषि क्षेत्रमा थप सेवा प्रदान गरिरहेको छ ।

कम्पनीको गत असार मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक लगायको मुद्दति निक्षेपमा तीन अर्ब ३५ करोड लगानी रहेको छ ।

नेपाल सरकार, बीमा समिति तथा नेपाल राष्ट्र बैंकद्वारा निर्दिष्ट गरिएका क्षेत्रमा विद्यमान ऐन, नियम नीति तथा निर्देशिकाको परिधिभित्र रही कम्पनीले नविल बैंकको ७७ लाख ७८ हजार ५१६ कित्ता, नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ३२ लाख २६ हजार १७९ र नेपाल पुर्नबीमा कम्पनी लिमिटेडको १९ लाख ३२ हजार ५२२ कित्ता सेयर खरिद गरेको छ ।

त्यस्तै विभिन्न बैंक, वित्तीय संस्थामा, नेपाल सरकारको ऋणपत्र, शेयर र डिबेञ्चरमा अल्पकालीन तथा दीर्घकालीन लगानी गरी उच्चतम् प्रतिफल प्राप्त गर्दै आएको कम्पनीले जनाएको छ ।

बीमाकाे पहुँच ग्रामीण तहसम्म  विस्तार गर्न जाेड

कम्पनीको पाँचौँ वार्षिकोत्सवका अवसरमा शुक्रबार अायाेजना गरिएकाे कार्यक्रममा सराेकारवाला सबैले बीकाे पहुँच कम भएकाे भन्दै यसलार्इ विस्तार गर्नुपर्ने अावश्यकता अाैल्याएका छन् । 

कम्पनीको पाँचौँ वार्षिकोत्सवलाई सम्बोधन गर्दे अर्थमन्त्रालयका राजश्व सचिव शिशिरकुमार ढुंगानाले संस्थागत सुशासनलाई ध्यान दिँदै सबै नागरिकलाई बीमाको दायराभित्र ल्याउनुपर्ने बताए । उनले प्रतिस्पर्धात्मक बीमा बजारमा आफूलाई खरो उतार्न व्यावसायिक दक्षता र सेवाको गुणस्तरीयतामा ध्यान दिन उनले राष्ट्रिय बीमा कम्पनीलाई सुझाव दिए ।

संघीय संसद्मा प्रस्तुत भएको बीमा ऐनले बीमा क्षेत्रमा देखिएका समस्या हल गर्न र बीमा क्षेत्रको विकासका लागि सहयोग मिल्ने ढुंगानाले बताए । बीमा बजार विस्तारका लागि ग्रामीण तहसम्म बीमासम्बन्धी जनचेतना बढाइनुपर्ने उनले बताए ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष उमेशचन्द्र उपाध्यायले अझै पनि ठूलो संख्यामा नेपाली जनता बीमाको पहुँचभन्दा बाहिर रहेकाे बताए । उनले अाफ्नाे सेवा प्रवाहलाई अझ आधुनिकीकरण गरी दूर दराजसम्म कम्पनीको सेवा विस्तार गरेर बहुसंख्यक जनतालाई गुणस्तरीय सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरि कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरविक्रम रायमाझीले देशको कुनाकाप्चामा समेत सर्वसुलभ बीमा सेवा पु¥याउन कम्पनी क्रियाशील रहेको बताउँदै बीमा क्षेत्रको सेवा विस्तारका गर्न दीर्घकालीन रणनीति बनाएर अगडि बढ्ने तयारी भइरहेको बताए। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।