दोलखावासीले जन्मदर्ताकै आधारमा तामाकोशीको शेयरमा आवेदन दिन सक्ने,मरिहत्ते गर्नु बेकार !

Aug 24, 2018 Merolagani



माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा २० वर्ष सम्मका किशोर किशोरीलाई जन्मदर्ताकै आधारमा शेयर आवेदन दिन पाउने भएका छन् । जन्मदर्ता भएका तर विभिन्न कारणले नागरिकता बनाउन नसकेका १६ देखि २० वर्ष उमेर समूहका किशोर किशोरीले जन्मदर्ता प्रमाण पत्रकै आधारमा आमा वा बाबुलाई संरक्षक राखेर शेयर भर्न पाउने भएका हुन् ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रो पावरले शेयर निष्कासन गर्नु पूर्व नै दोलखावासी भएको परिचय खुल्ने प्रमाण पत्र (जन्मदर्ता, विवाह दर्ता वा नागरिकता) का आधारमा शेयर आवेदन दिन पाउने सहमति भएको थियो ।

तर, शेयर आवेदन संकलनका लागि तोकिएका बैङ्कहरुले १६ वर्ष उमेर पुगेकालाई नागरिकता अनिवार्य हुनुपर्ने बताएपछि त्यसमा समस्या आएको थियो ।

माथिल्लो तामाकोशी आयोजनाको जिल्लाबाट किन थोरै पर्यो आवेदन ?

सोही कारण जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउनेहरुको निकै ठूलो भीड लागेको छ । प्रशासनले दैनिक चार सयदेखि पाँच सयसम्म नागरिकता वितरण गर्दै आएको पनि छ ।

माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जन्मदर्ता भएका र २० वर्ष उमेर ननाघेकाले जन्मदर्ता प्रमाणपत्रकै आधारमा शेयर आवेदन दिनसक्ने बताए । उनले १६ देखि २० वर्ष उमेर समूहका नागरिकले नागरिकता नभए पनि जन्मदर्ताकै आधारमा बुबा वा आमालाई संरक्षक राखेर नाबालकको रुपमा आवेदन दिनसक्ने जानकारी दिए ।

माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जन्मदर्ता भएका र २० वर्ष उमेर ननाघेकाले जन्मदर्ता प्रमाणपत्रकै आधारमा शेयर आवेदन दिन सक्नेछ भने।

तामाकोशीको घाटाको शेयर भर्न सास्ती खेप्दै दोलखाबासी, मरिहत्ते गर्नु बेकार !

आवेदन दिँदा जन्मदर्ता संगै आमा वा बाबुको नागरिकताको प्रतिलिपि पनि राख्नु पर्नेछ । प्रवक्ता डा न्यौपानेसहितको माथिल्लो तामाकोशी आयोजनाका अधिकारीले  सदरमुकाम चरिकोटस्थित बैङ्कका प्रबन्धक तथा व्यवस्थापकलाई छुट्टाछुट्टै भेट गरी नागरिकता नभएकै कारण शेयर आवेदन भर्नबाट किशोरकिशोरीलाई वञ्चित नगर्न आग्रहसमेत गरेको छ ।

माथिल्लो तामाकोशी आयोजनाले दोलखावासीका लागि छुट्याएको रु एक अर्ब ५ करोड ९० लाख बराबरको शेयर साउन १६ गतेदेखि खुल्ला भएको हो । दोलखावासीले तोकिएको सङ्कलन केन्द्रमा गएर भदौ १४ गतेसम्म आवेदन दिन सक्ने छन् ।

माथिल्लो तामाकोशीको लागत प्रति मेगावाट पाँच करोड बढ्ने, सस्ताे अायाेजना यसरी हुँदैछ महङ्गो




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।