दश प्रतिशत नगद बाँडेर ३० प्रतिशत हकप्रद बिक्री गर्ने ङादी पावरको योजना

Aug 24, 2018 Merolagani

गत बर्षको कमाईबाट दश प्रतिशत नगद लाभांश प्रस्ताव गरेर साधारण सभा आह्वान गरेको ङादी पावर (NGPL) ले ३० प्रतिशत हकप्रद बिक्री गर्ने योजना समेत अघि सारेको छ । कम्पनीले नगद लाभांश र हकप्रदको प्रस्ताव पारित गर्न भदौ २७ गते साधारण सभा बोलाएको छ ।

अघिल्लो बर्ष १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५३ प्रतिशत नगद लाभांश दिएको कम्पनीले यसपालि भने नगद लाभांश मात्रै प्रस्ताव गरेर लगानीकर्तालाई निराश पारेको छ ।  अर्कातर्फ ३० प्रतिशत हकप्रदको भार बोकाउने योजना समेत अघि सारेको छ । कम्पनीले दश प्रतिशत नगद लाभांश वितरण गरेपछि हकप्रद बिक्री गर्ने भएको हो ।

कम्पनीको अघिल्लो बर्षकै साधारणसभाले ३० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताब पारित गरेको थियो । तर सो हकप्रद निष्काशन नभएपछि कम्पनीले पुन चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताब साधारणसभामा लैजान लागेको हो ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि भदौ १४ गते शेयरधनी पुस्तीका बन्द गर्ने भएको छ । यस अनुसार ङादीको लाभांश पाउन भदौ १३ गतेभित्र सेयरधनी कायम हुनुपर्नेछ ।

कम्पनीको पाँचौ बार्षिक साधारणसभा असोज ४ गते अमृत भोग कालिकास्थानमा आब्हान हुने छ । सो साधारणसभाले संस्थापक शेयरधनीको तर्फबाट ४ र सर्बसाधारणका तर्फबाट दुई संचालक समेत चयन गर्नेछ ।

५३ करोड चुक्ता पुँजी रहेको कम्पनीले गत बर्ष ५ करोड ८६ लाख खुद नाफा कमाएर प्रति शेयर आम्दानी १० रुपैयाँ ९५ पैसा कायम गरेको थियो । उसको शेयर मूल्य दोस्रो बजारमा १६७ रुपैयाँ रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।