बेरुजु समस्या हल गर्न सार्वजनिक खरिद ऐन संशोधन गर्ने सरकारको तयारी

Aug 28, 2018 Merolagani

सरकारले चालू आर्थिक वर्षबाटै बेरुजु हुन नदिने प्रतिवद्धता जनाएको छ । मंगलबार प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको बैठकमा नेपाल सरकारका मुख्य सचिव एवम् बेरुजु फछर्यौट मूल्यांकन तथा अनुगमन समितिका अध्यक्ष लोकदर्शन रेग्मीले बेरुजु फछर्यौट मूल्यांकन र अनुगमनको कामलाई कडाईका साथ अघि बढाउने प्रतिवद्धता जनाएका हुन् ।

समितिको बैठकमा बोल्दै मुख्य सचिव रेग्मीले बेरुजु हुन नदिन बजेटको निकासा, खर्च र खर्च प्रतिवेदनको लेखा परीक्षणको काममा महालेखा परीक्षकको कार्यालयसँग बलियो समन्वय गर्ने योजना पनि अघि सारेको बताउँदै बेरुजु हुन नदिन सार्वजनिक खरिद ऐन संशोधनको कामलाई अघि बढाउन लागिएको पनि जानकारी दिए ।

मुख्य सचिव रेग्मीले राजस्व असुलीको काममा ढिलाई नगर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

उनले राजस्व असुली सरकारको दायित्व भएकाले यसलाई समयमै असुली गर्ने कामलाई तीव्रता दिने समितिलाई जानकारी गराए । त्यस्तै उनले भईरहेको बेरुजु घटाउने कामलाई पनि उच्च प्राथमिकता दिने कार्ययोजना पनि समिति समक्ष पेश गरे ।

मुख्य सचिव रेग्मीले संसदीय समितिले दिएको निर्देशन पूर्ण कार्यान्वयनका लागि आफ्नै अध्यक्षतामा सचिवालयको व्यवस्था गरिएको पनि बताए । संसदीय समितिले दिएको निर्देशन पालनामा प्रतिवद्ध भएर लाग्ने मुख्य सचिव रेग्मीको भनाई छ ।

बैठकमा समितिका सदस्यहरुले सरकारले बेरुजु घटाउन नसकेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

 

comments powered by Disqus

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः शेयर बजारमा देखिएन लचक, असल कर्जाको प्रोभिजन घट्यो

May 17, 2024 11:11 AM

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा केहि लचक नीति लिएको छ। केन्द्रीय बैंकले हायर पर्चेज कर्जाका जोखिम भार घाटाएकाे छ भने असर कर्जामा गर्नुपर्ने प्रोभिजन पनि घटाएको छ।