माथिल्लो तामाकोशीको आइपिओमा आवेदन गर्ने आज अन्तिम दिन

Sep 06, 2018 Merolagani

माथिल्लो तामाकोशी हाइड्रोपावरले दोलखाबासीलाई निष्काशन गरेको आईपिओ भर्ने आज अन्तिम दिन हो । कम्पनीले यसअघि स्थानीय बासिन्दाको आग्रहमा सेयर भर्ने म्याद बढाएको थियो ।

गत साउन १६ गतेदेखि दोलखावासीका लागि आयोजनाले एक अर्ब पाँच करोड बराबरको १०० रुपैयाँ अंकित दरका एक करोड ५ लाख ९० हजार कित्ता आईपिओ निष्काशन गरेको थियो ।
उक्त आईपिओमा भदौ १ गतेसम्म काठमाण्डौंबाट पनि आवेदन गर्न सकिने सुविधा दिईएको थियो ।

ईच्छुक जिल्लावासीले उक्त आईपिओमा न्यूनतम ३० कित्ता देखि अधिकतम तीन सय कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था छ ।

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको मुख्य कार्यालय गोंगर सहित चरिकोट, सिंगटी, जिरी, मैनापोखरी, किर्ने, गुरुम्फी, मेलुङ र बाघखोरका २६ वटा बैंक शाखाबाट आवेदन दिन सकिन्छ । 

जिल्लाबासीलाई सेयर आवेदन भर्न डिम्याट खाता अनिवार्य गरिएको छैन भने जन्मदर्ता प्रमाणपत्रको आधारमा समेत आवेदन दिन पाउने सुविधा प्रदान गरिएको छ । त्यस्तै दोलखाबासीलाई आयोजनाबाट अतिप्रभावित, कम प्रभावित र प्रभावित गरि तीनवटा सूचीमा वर्गिकरण गरेर आवेदन संकलन गरिएको छ ।

आयोजनाको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेका छन् ।

स्थानीयको आईपिओ बाँडफाँड भएपश्चात आयोजनाले सर्वसाधारणका लागि एक करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्काशन गर्नेछ । स्थानीय र सर्वसाधारण गरि कम्पनीले कूल २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।