Thu, Apr 25, 2024
स्वरोजगार लघुवित्त र रिडी हाइड्रोपावर कम्पनीले गत आर्थिक बर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको बोनसको बुकक्लोजसँगै दुबै कम्पनीको आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सेयरमूल्य समायोजन भएको छ ।
स्वरोजगार लघुवित्तको २० प्रतिशत तथा रिडी हाइड्रोपावरको ६ प्रतिशत बोनस सेयर पश्चात सेयरमूल्य समायोजन भएको हो । नेप्सेले २० प्रतिशत बोनस सेयर समायोजन गरेर स्वरोजगार (SLBBL) काे प्रतिकित्ता सेयरमूल्य ७५९ रुपैयाँ ९ पैसा निर्धारण गरेको हाे । समायोजन मूल्यलाई आधार मानेर कम्पनीको आइतबार सेयर कारोबार खुला भएको छ । लघुवित्तको १८० दिनको कारोबारको आधारमा औसत आधार मूल्य १०४५ रुपैयाँ ४२ पैसा कायम भएको नेप्सेले जनाएको छ । लघुवित्तले वार्षिक साधारण सभाको बोनस वितरण गर्न शुक्रबारदेखि बुक क्लोज गरेको थियो । असोज २० गते डाकेको सभाले २० बोनस र कर प्रयोजका लागि १.०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरि रिडी हाइड्रोपावर (RHPC) को ६ प्रतिशत बोनसपछि प्रतिकित्ता ११४ रुपैयाँमा सेयरमूलय समायोजन भएको छ । समायोजन भएको मूल्यको आधारमा रिडीको आइतबार सेयर कारोबार खुलेको छ । नेप्सेले १८० दिनको कारोबारको आधारमा औसत आधार मूल्य १७४ रुपैयाँ ४१ पैसा निर्धारण भएको जनाएको छ । असोज २० गते डाकेको १७ औं बार्षिक साधारण सभाका लागि कम्पनीले आइतबार एक दिन बुक क्लोज गरेको हो । सभाले बोनस पश्चात कायम चुक्ता पूँजीको एक बराबर अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव साधारण सभामा पेश गर्दैछ । त्यस्तै ८.५ मेगावाटको बुटवल सोलार आयोजना निर्माण गर्न ऋण लिने प्रस्ताव पनि साधारण सभाको एजेन्डा छ । दर्जन कम्पनीद्धारा साधारण सभा आह्वान, कहिलेसम्म कायम सेयरधनीले पाउँछन् लाभांश ?
स्वरोजगार लघुवित्तको २० प्रतिशत तथा रिडी हाइड्रोपावरको ६ प्रतिशत बोनस सेयर पश्चात सेयरमूल्य समायोजन भएको हो ।
नेप्सेले २० प्रतिशत बोनस सेयर समायोजन गरेर स्वरोजगार (SLBBL) काे प्रतिकित्ता सेयरमूल्य ७५९ रुपैयाँ ९ पैसा निर्धारण गरेको हाे । समायोजन मूल्यलाई आधार मानेर कम्पनीको आइतबार सेयर कारोबार खुला भएको छ । लघुवित्तको १८० दिनको कारोबारको आधारमा औसत आधार मूल्य १०४५ रुपैयाँ ४२ पैसा कायम भएको नेप्सेले जनाएको छ ।
लघुवित्तले वार्षिक साधारण सभाको बोनस वितरण गर्न शुक्रबारदेखि बुक क्लोज गरेको थियो । असोज २० गते डाकेको सभाले २० बोनस र कर प्रयोजका लागि १.०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरि रिडी हाइड्रोपावर (RHPC) को ६ प्रतिशत बोनसपछि प्रतिकित्ता ११४ रुपैयाँमा सेयरमूलय समायोजन भएको छ । समायोजन भएको मूल्यको आधारमा रिडीको आइतबार सेयर कारोबार खुलेको छ । नेप्सेले १८० दिनको कारोबारको आधारमा औसत आधार मूल्य १७४ रुपैयाँ ४१ पैसा निर्धारण भएको जनाएको छ ।
असोज २० गते डाकेको १७ औं बार्षिक साधारण सभाका लागि कम्पनीले आइतबार एक दिन बुक क्लोज गरेको हो । सभाले बोनस पश्चात कायम चुक्ता पूँजीको एक बराबर अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव साधारण सभामा पेश गर्दैछ ।
त्यस्तै ८.५ मेगावाटको बुटवल सोलार आयोजना निर्माण गर्न ऋण लिने प्रस्ताव पनि साधारण सभाको एजेन्डा छ ।
कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक हुन्।