आठ कम्पनीको ४ अर्ब बराबरको हकप्रद शेयर आउँदै, कुन कम्पनीको कति ?

Oct 17, 2018 Merolagani



आठ कम्पनीको ३ अर्ब ८३ करोड २ लाख ७४ हजार ४५० रुपैयाँ बराबरको ३ करोड ८३ लाख २ हजार ७४५ कित्ता हकप्रद शेयर जारी गर्ने भएका छन् । हकप्रद जारी गर्न ती कम्पनीले धितोपत्र बोडमा अनुमति माग्दै निवेदन दर्ता गराएका हुन् ।

हकप्रद जारी गर्न अनुमति मागेको कम्पनीमध्ये अपी कम्पनी पावर कम्पनीले सबैभन्दा धेरै २ अर्ब १० करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्न अनुमति मागेको छ ।

कम्पनीले चुक्ता पूँजीको २०० प्रतिशत बराबरले हुन आउने २ करोड १० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको छ ।

त्यस्तै श्रीराम सुगर मिल्सको चुक्ता पूँजीको ३०० प्रतिशत अर्थात ८९ करोड ३ लाख ९४ हजार ९८१ रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरमा ८९ लाख ३ हजार ९५० कित्ता हकप्रद निष्काशन गर्न लागेको छ ।

बरुण हाइड्रोपावरले २५ करोड ५१ लाख ५० हजार रुपैयाँ बराबरको २५ लाख ५१ हजार पाँचसय कित्ता हकप्रद जारी गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले शतप्रतिशत अर्थात चुक्ता पूँजी बराबर नै हकप्रद निष्काशनको तयारी गरेको हो ।

सृजना फाइनान्सको चुक्ता पूँजीकोे ६० प्रतिशत हकप्रद पनि बोर्डको पाइपलाइनमा रहेको छ । फाइनान्सले २४ करोड ४ लाख ८ हजार रुपैयाँ बराबरको २४ लाख ४ हजार ८० कित्ता हकप्रद जारी गर्ने भएको छ ।

नाडेप लघुवित्तले पनि शतप्रतिशत हकप्रद जारी गर्ने बोर्डमा निवेदन दिएको छ । कम्पनीको १६ करोड रुपैयाँ चुक्ता पूँजी बराबर रकमको १६ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको छ ।

उता बीमा समितिले तोकेको चुक्ता पूँजी कायम गर्न र ५१ प्रतिशत संस्थापक स्वामित्व कायम गर्ने चेपुवामा परेको एभरेस्ट इन्स्योरेन्सले पहिलो चरणमा चुक्ता पूँजीकोे १०५ प्रतिशत संस्थापक हकप्रद निष्काशन गर्न बोर्ड समक्ष पुगेको छ ।

कम्पनीले १४ करोड ३ लाख ३२ हजार ५०० रुपैयाँ बराबरको १४ लाख ३ हजार ३२५ कित्ता संस्थापक हकप्रद जारी गर्ने भएको हो । संस्थापक पश्चात फेरी हकप्रद निष्काशन गरेर एक अर्ब पूँजी कायम गर्ने बाध्यता कम्पनीलाई छ ।

मिथिला लघुवित्तको चुक्ता पूँजीकोे ५० प्रतिशत बराबरको ३ करोड २९ लाख ८८ हजार ९६९ रुपैयाँ बराबरको हकप्रद जारी गर्न अनुमति माग गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ३ लाख २९ हजार ८९० कित्ता निष्काशन गर्न लागेको हो ।

उन्नति माइक्रोफाइनान्सले चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने एक करोड १० लाख रुपैयाँ बराबरको एक लाख १० हजार कित्ता हकप्रद जारी गर्ने नियामक निकाय धितोपत्र बोर्डमा अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको हो ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।