छिट्टै लन्च हुने तयारीमा दुनियाँको पहिलो फाइभ जी फोन, यस्ता छन् विशेषता

Oct 29, 2018 Merolagani

विश्वभरका मानिसहरुले फोर जी स्पीडको सुविधा पूर्ण रुपमा उपयोग गर्न पाइसकेका छैनन, तर दुनियाँमा फाइभ जी ल्याउने तयारी सुरु भइसकेको छ । खबरका अनुसार छिट्टै नै दुनियाँको पहिलो फाइभ जी फोन लन्च हुदैछ । यसको सुरुवात प्रविधिमा अगाडि रहेको देश चीनले गर्दैछ ।

चीनको कम्पनी शाओमीले २५ अक्टोबरमा बेइजिङमा हुने एक कार्यक्रमका अवसरमा ‘एमआई मिक्स ३’ स्मार्टफोन लन्च गर्नसक्ने बताइएको छ । यो दुनियाँको पहिलो फाइभ जी फोन हुनेछ ।

लन्चभन्दा पहिले कम्पनीले यसको कुनै न कुनै जानकारी लीक गरिरहेको छ । हालसम्म आएको जानकारी अनुसार १० जीबी र्यामदेखि फाइभ जी सपोर्टसम्म ‘एमआई मिक्स ३’ लाई आकर्षक फिचरका साथ पेश गरिने बताइएको छ । नेपाल र भारतमा यसको सुरुवात कहिलेबाट हुन्छ भन्ने कुराको बारेमा जानकारी भइसकेको भने छैन ।

शाओमीका अनुसार, यसको १० जीबी र्याम भेरिएन्ट केही बजारमा मात्र उपलब्ध गराइनेछ । यो फोन दुनियाँको पहिलो फाइभ जी सपोर्टवाला कमर्शियल स्मार्टफोन हुनेछ । साथै यसमा थि« डी फेशियल रिकग्निसन सिस्टम हुनसक्ने बताइएको छ । डिस्प्ले फिंगरप्रिन्ट सेन्सर र हाई स्कीन रेस्योजस्ता फीचर्स पनि उक्त फोनमा हुनेछ ।

फोनमा २४ मेगापिक्सलको ड्यूल फ्रन्ट क्यामेरा हुने बताइएको छ । यो फोनको सुरुवाती मूल्य ३ हजार ७९९ चिनियाँ युआन अर्थात् करिब ६५ हजार रुपैयाँ पर्नेछ । एजेन्सी

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।