प्राइम बैंकले ओम डेभलपमेन्टलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट पायो सैद्धान्तिक स्वीकृती

Nov 11, 2018 Merolagani

प्राइम कमर्सियल बैंक (PCBL) ले ओम डेभलपमेन्ट बैंकलाई प्राप्ति (एक्वायर) गर्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृती पाएको छ । दुई बैंकले गत भदौ ३ गत एक्विजिसनमा जाने सम्झौता गरी सैद्धान्तिक सहमतिका लागि भदौ ४ गते राष्ट्र बैंकमा निवेदन दिएका थिए ।

राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम विभिन्न शर्तहरुको अधिनमा रहेर एक्विजिसन प्रक्रिया सम्पन्न गर्न ‘क’ वर्गको प्राइम कमर्सियल र ‘ख’ वर्गको ओम डेभलपमेन्ट बैंकलाई सैद्धान्तिक सहमति दिएको हो ।

दुई बैंक मर्ज भएपछि बन्ने बैंकको चुक्ता पूँजी झण्डै दश अर्ब पुग्नेछ । सम्पति तथा दायित्वको मूल्याङ्कन डीडीएबाट शेयर स्वाप तय गरिने बताइएको छ । दुई बैंक एक भएपछि बन्ने बैंकको निक्षेप एक खर्ब बढी र कर्जा ८९ अर्ब नाघ्ने छ । बैंकको शाखा सञ्जाल ११६ पुग्नेछ ।

राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गरेका बैंकहरुले थप मर्जरले बाटो समात्दा कम पूँजीका साना बैंकहरुलाई पूँजी वृद्धिको दबाव पर्ने देखिएको छ । मर्जर र एक्विजिशनकै बाटो बाट आठ अर्ब पूँजी पुर्याएको प्राइम बैंकले मर्जरबाटै बलियो बनेको ओम डेभलपमेन्टलाई प्राप्ति गर्ने भएपछि अन्य बैंकहरुलाई समेत पूँजी बढाउन अप्रत्यक्ष दबाव परेको छ ।

वित्त बजारको चुनौती र राष्ट्र बैंकको अस्थिर नीतिको सामना गर्न बलिया बैंकहरु मर्ज हुने अवस्था पुगेको हुन् । दुबै बैंकले संयुक्त रुपमा गत बर्षको लाभांश वितरणको प्रस्ताव गर्ने र एक्विजिशन प्रक्रिया पुरा गरी वित्तीय कारोबार थाल्ने योजना बनाएका छन् ।

सिटी डेभलपमेन्ट बैंक र ओम फाईनान्स मिलेर बनेको ओम डेभलपमेन्ट बैंकले मनास्लु डेभलपमेन्ट बैंकलाई आफुमा गाभेको थियो । त्यस्तै प्राइम बैंकले विराटनगरको विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंकलाई आफुमा मिसाएको थियो ।

राम्रा मानिएका वाणिज्य बैंक र विकास बैंकको यो मर्जरले कम पूँजीका अन्य साना बैंकहरुलाई मर्जरमा जान दबाव परेको छ भने ठूला बैंकहरुलाई समेत प्रतिस्पर्धामा उत्रन पनि पूँजी आधार बलियो बनाउनुपर्ने देखिन्छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।