तीन करोड खुद ब्याज आम्दानी कमाएको विजय लघुवित्तको नाफा ७७ लाख मात्रै

Nov 12, 2018 Merolagani



विजय लघुवित्त (VLBS) काे चालू आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा खुद नाफामा झिनो मात्र सुधार भएको छ। गत आर्थिक वर्षको यसै अवधिको तुलनामा एक करोड ५१ लाख बढाएर तीन करोड २७ लाख खुद ब्याज आम्दानी गरेपनि लघुवित्तकाे आम्दानी जति खर्चमै सकिएपछि कम्पनीको नाफा बढ्न नसकेको हो ।

विजय लघुवित्तले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ७७ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको यहि अवधिमा लघुवित्तले गत वर्षको पहिलो त्रैमासमा ७५ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कर्मचारी खर्च मात्रै एक करोड २४ लाख बढ्यो

लघुवित्तको कर्मचारी खर्च मात्र गत अार्थिक वर्षकाे तुलनामा एक करोड २४ लाख रूपैयाँ बढेकाे छ । गत वर्ष ७७ लाख ९९ हजार रहेकाे लघुवित्तकाे कर्मचारी खर्च दुई करोड दुई लाख पुगेको छ । उता अन्य सञ्चालन खर्च ४९ लाखबाट ८१ लाखमा बढेको छ ।

लघुवित्तको खराब कर्जा अनुपात ०.९० बाट १.९६ प्रतिशतमा बढोत्तरी भएपछि लघुवित्तले नोक्सानी व्यवस्था वापत ८८ लाख व्यवस्था गरेको छ । जसले कम्पनीकाे खुद ब्याज अाम्दानी धेरै देखिएपनि नाफा भने झिनाे मात्र सुधार भएकाे छ । 

समीक्षा अवधिमा १४ करोड रुपैयाँको चुक्ता पूँजीलाई १९ करोड ४८ लाख पुर्याएको छ । यस्तै लघुवित्तको जगेडा कोषमा ३ करोड ८ लाख रुपैयाँ सञ्चित छ । चुक्ता पूँजी वृद्धिको तुलनामा नाफा वृद्धि सुस्त बन्दा २१ रुपैयाँ ५३ पैसा प्रतिशेयर आम्दानीबाट घटेर १५ रुपैयाँ ८४ पैसामा झरेको छ । उसको प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ८३ पैसा छ ।

लघुवित्तले यस अवधिमा एक अर्ब ३० करोड ८७ लाख रुपैयाँ सापटी र ३६ करोड २९ लाख रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७८ करोड ८१ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स




कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM

सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।