तीन करोड खुद ब्याज आम्दानी कमाएको विजय लघुवित्तको नाफा ७७ लाख मात्रै

Nov 12, 2018 Merolagani



विजय लघुवित्त (VLBS) काे चालू आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा खुद नाफामा झिनो मात्र सुधार भएको छ। गत आर्थिक वर्षको यसै अवधिको तुलनामा एक करोड ५१ लाख बढाएर तीन करोड २७ लाख खुद ब्याज आम्दानी गरेपनि लघुवित्तकाे आम्दानी जति खर्चमै सकिएपछि कम्पनीको नाफा बढ्न नसकेको हो ।

विजय लघुवित्तले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ७७ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको यहि अवधिमा लघुवित्तले गत वर्षको पहिलो त्रैमासमा ७५ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कर्मचारी खर्च मात्रै एक करोड २४ लाख बढ्यो

लघुवित्तको कर्मचारी खर्च मात्र गत अार्थिक वर्षकाे तुलनामा एक करोड २४ लाख रूपैयाँ बढेकाे छ । गत वर्ष ७७ लाख ९९ हजार रहेकाे लघुवित्तकाे कर्मचारी खर्च दुई करोड दुई लाख पुगेको छ । उता अन्य सञ्चालन खर्च ४९ लाखबाट ८१ लाखमा बढेको छ ।

लघुवित्तको खराब कर्जा अनुपात ०.९० बाट १.९६ प्रतिशतमा बढोत्तरी भएपछि लघुवित्तले नोक्सानी व्यवस्था वापत ८८ लाख व्यवस्था गरेको छ । जसले कम्पनीकाे खुद ब्याज अाम्दानी धेरै देखिएपनि नाफा भने झिनाे मात्र सुधार भएकाे छ । 

समीक्षा अवधिमा १४ करोड रुपैयाँको चुक्ता पूँजीलाई १९ करोड ४८ लाख पुर्याएको छ । यस्तै लघुवित्तको जगेडा कोषमा ३ करोड ८ लाख रुपैयाँ सञ्चित छ । चुक्ता पूँजी वृद्धिको तुलनामा नाफा वृद्धि सुस्त बन्दा २१ रुपैयाँ ५३ पैसा प्रतिशेयर आम्दानीबाट घटेर १५ रुपैयाँ ८४ पैसामा झरेको छ । उसको प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ८३ पैसा छ ।

लघुवित्तले यस अवधिमा एक अर्ब ३० करोड ८७ लाख रुपैयाँ सापटी र ३६ करोड २९ लाख रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७८ करोड ८१ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स




धितोपत्र बजारकाे ‘कालो कर्तुत‘काे पर्दाफास: बोर्डले तयार पारेको दुईवटा जाँचबुझ प्रतिवेदनहरूमा के छ ?

Apr 21, 2026 07:47 PM

नेपालको धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पसिनाको कमाइमाथि कसरी ‘कलोनी’ खडा गरिएको छ भन्ने तथ्य बोर्डको गोप्य प्रतिवेदनले प्रमाणित गरेको छ।