आर्इपिओ निष्काशनको तयारीमा रहेको गुराँस लघुवित्त नोक्सानी घटाउँदै

Nov 14, 2018 Merolagani



गुराँस लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैममासमा नोक्सानी घटाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २८ लाख ८३ हजार रुपैयाँ नोक्सानी व्योहोरेको लघुवित्तले एक वर्षको अवधिमा ११ लाख ६७ हजार रुपैयाँ नोक्सानी घटाएको छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्म लघुवित्त १७ लाख १६ हजार रुपैयाँ नोक्सानीमा छ ।

४ करोड २० लाख रुपैयाँ चुक्तापूँजी रहेको लघुवित्तको जगेडा कोष ५५ लाख ३६ हजार रुपैयाँले ऋणात्मक छ ।

यस अवधिमा ६ करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन तथा ४२ करोड ७५ लाख रुपैयाँ सापटी लिएको लघुवित्तले ४८ करोड ३१ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

लघुवित्तले १ करोड ५९ लाख रुपैयाँ व्याज वापत आम्दानी गरेको छ भने १ करोड २० लाख रुपैयाँ व्याजको लागि खर्च गरेको छ ।

लघुवित्तको खराब कर्जा अनुपात २.९५ प्रतिशत छ ।

लघुवित्तले २ करोड ५० लाख कित्ता आईपिओ निष्काशन गर्ने प्रस्ताव कार्तिक १७ गते सम्पन्न तेस्रो साधारणसभाबाट पारित गरिसकेको छ ।

 




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।