आर्इपिओ निष्काशनको तयारीमा रहेको गुराँस लघुवित्त नोक्सानी घटाउँदै

Nov 14, 2018 Merolagani



गुराँस लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैममासमा नोक्सानी घटाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २८ लाख ८३ हजार रुपैयाँ नोक्सानी व्योहोरेको लघुवित्तले एक वर्षको अवधिमा ११ लाख ६७ हजार रुपैयाँ नोक्सानी घटाएको छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्म लघुवित्त १७ लाख १६ हजार रुपैयाँ नोक्सानीमा छ ।

४ करोड २० लाख रुपैयाँ चुक्तापूँजी रहेको लघुवित्तको जगेडा कोष ५५ लाख ३६ हजार रुपैयाँले ऋणात्मक छ ।

यस अवधिमा ६ करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन तथा ४२ करोड ७५ लाख रुपैयाँ सापटी लिएको लघुवित्तले ४८ करोड ३१ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

लघुवित्तले १ करोड ५९ लाख रुपैयाँ व्याज वापत आम्दानी गरेको छ भने १ करोड २० लाख रुपैयाँ व्याजको लागि खर्च गरेको छ ।

लघुवित्तको खराब कर्जा अनुपात २.९५ प्रतिशत छ ।

लघुवित्तले २ करोड ५० लाख कित्ता आईपिओ निष्काशन गर्ने प्रस्ताव कार्तिक १७ गते सम्पन्न तेस्रो साधारणसभाबाट पारित गरिसकेको छ ।

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।