सूर्या लाइफको खुद बीमा शुल्क ४२ करोड रुपैयाँ

Nov 15, 2018 Merolagani

७० प्रतिशत हकप्रद निष्कासनको तयारीमा रहेको सूर्या लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४१ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ६ करोड २३ लाख रुपैयाँले बढी हो ।

गत आर्थिक वर्षको यस अवधिमा ३४ करोड ९६ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।

कम्पनीले कुल बीमा शुल्क भने ४२ करोड ९३ लाख रुपैयाँ आर्जन गरेको छ । यस्तै लगानी कर्जा तथा अन्यवाट १० करोड रुपैयाँ र बीमालेख धितोमा २७ करोड २८ लाख रुपैयाँ लगानी गरी ६३ लाख रुपैयाँ व्याज आम्दानी गरेको हो ।  

यस अवधिमा कम्पनीले ६ करोड ३२ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको यस अवधिमा कम्पनीले ५ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

कम्पनीले ३८० कुल दाबीका लागि ५ करोड २३ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २३१ दावी वापत एक करोड २१ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब १३ करोड रुपैयाँ छ । बीमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्त्ता पूँजी कायम गर्न ७० प्रतिशत हकप्रद निष्काशनको लागि धितोपत्र बोर्डमा कम्पनीले आबेदन दिएको छ । चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी १ अर्ब ९२ करोड ४२ लाख रुपैयाँ पुग्नेछ ।

यस्तै जगेडा कोषमा ३९ करोड ९ लाख रुपैयाँ, जीवन बीमा कोषमा ३८ करोड ९२ लाख र महा विपत्ति जगेडा कोषमा ५ करोड ९६ लाख रुपैयाँ संचित गरेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी २२ रुपैयाँ ३६ पैसा, प्रति शेयर नेटवर्थ १३९ रुपैयाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात २३.७० गुणा बढी छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।