हिमालयन जनरल इन्स्योरेन्सको खुद नाफा ८१.४९ प्रतिशतले वृद्धि

Nov 15, 2018 Merolagani

हिमालयन जनरल इन्स्योरेन्स (HGI) ले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ५ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ८१.४९ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २ करोड २३ लाख रुपैया मात्रै नाफा गरेको थियो ।

कम्पनीले हालसम्म ४५ करोड ८५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने खुद बीमा शुल्क ९ करोड ३१ लाख रुपैयाँ आर्जन गरेको छ ।

यो गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड १८ लाख रुपैयाँले कम हो । गत वर्षको यस अवधिमा १० करोड ४९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

यस अवधिमा पुर्नबीमा कमिशन वापत ४ करोड ८४ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ३ करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको छ ।

कुल १ हजार ४७१ दाबी वापत ७ करोड ५१ लाख रुपैयाँ कुल बीमा दाबी भुक्तानी गरेको छ । भने १ हजार २७१ दाबी वापत १ अर्ब ५१ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।

एक अर्ब २ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १७ करोड २९ लाख रुपैयाँ र बीमा कोषमा ४२ करोड ७७ लाख रुपैयाँ संचित छ ।

कम्पनीको प्रति शेयर आम्दानी ३ रुपैयाँ ९४ पैसा, प्रति शेयर नेटवर्थ १५८ रुपैयाँ ४८ पैसा पिई अनुपात १०४.२३ गुणा बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।