नेपाल एसबिआई बैंकको खुद नाफा ४८ करोड ९७ लाख, अन्यमा यस्तो छ प्रगति

Nov 16, 2018 Merolagani

नेपाल एसबिआई बैंक (SBI) को चालू आर्थिक वर्षको पहिलो त्रैमासमा आम्दानीका सूचकहरुमा सुधार भएको छ। बैंकको खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ११.६० प्रतिशतले बढेर ४८ करोड ९७ लाख रुपैयाँ पुगेको छ ।

गत वर्षको पहिलो त्रैमासमा बैंकले ४३ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

फ्रि प्रोफिट २७ करोड ९७ लाख रुपैयाँ मात्र

चालू आवको प्रथम त्रैमासमा राष्ट्र बैंकको रेगुलेटरी एडजस्टमेन्टमा २० करोड ५५ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको फ्रि प्रोफिट खुद नाफा भन्दा घटेको हो । नेपाल फाइनान्सियल रिर्पोटिङ स्टयाण्डर्ड (एनएफआरएस) रिर्पोट अनुसार वित्तीय बैंकले २७ करोड ९७ लाख रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) छ ।

गत वर्षको यसै अवधिको तुलनामा बैंकको फ्रि प्रोफिट १३.९७ प्रतिशतले घटेको हो । गतवर्षको प्रथम त्रैमासमा बैंकको फ्रि प्रोफिट ३२ करोड ५१ लाख रुपैयाँ थियो ।

एनएफआरएस रिर्पोट अनुसार रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने फ्रि प्रोफिट केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपछि बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ ।

निक्षेप संकलनमा भन्दा कर्जा परिचलनमा जोड

यस अवधिमा बैंकले निक्षेप संकलनमा भन्दा कर्जा परिचलनमा जोड दिएको देखिन्छ । बैंकले गत वर्षको सोही अवधिको तुलनामा ९ प्रतिशतले निक्षेप संकलन बढाएको हो भने २४ प्रतिशत धेरैले कर्जा परिचालन गरेको छ ।

चालू आवको पहिलो त्रैमासमा ९४ अर्ब ४६ करोड ७८ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ८४ अर्ब ६२ करोड ५८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

खुद ब्याज आम्दानी एक अर्ब ६ करोड

यस अवधिमा एसबिआई बैंकले एक अर्ब ६ करोड एक लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्ष यसै अवधिको तुलनामा १७.५३ प्रतिशत धेरै हो । गत अवको प्रथम त्रैमासमा बैंकले ९० करोड २० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

प्रतिशेयर आम्दानीमा सामान्य संकुचन

नेपाल एसबिआई बैंकको पूँजी वृद्धिको अनुपातमा आम्दानी वृद्धिको अनुपात बढ्न नसक्दा बैंकको प्रतिशेयर आम्दानी केही घटेको छ ।

समिक्षा अवधिमा प्रतिशेयर आम्दानी २४ रुपैयाँ ३५ पैसा कायम छ । गत वर्षको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी २५ रुपैयाँ १८ पैसा थियो ।

खराब कर्जा बढ्यो

व्यवसायको आकारमा बढोत्तरी भएसँगै बैंकको खराब कर्जा अनुपातमा केही बढोत्तरी भएको छ । गत आवको प्रथम त्रैमासमा बैंकको खराब कर्जा ०.१३ प्रतिशतबाट ०.२० प्रतिशतमा बढेको छ ।

बैंकको प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ३८ पैसा छ भने मूल्य आम्दानी अनुपात २०.२१ गुणा बढी छ ।

पूँजीसँगै जगेडा कोष पनि सुधारियो

चुक्ता पूँजी ८ अर्ब ४ करोड ६९ लाख रुपैयाँ भएको बैंकको जगेडा कोषमा ५ अर्ब २६ करोड ८ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकले १५.४२ प्रतिशतले चुक्ता पूँजी बढाउँदा जगेडा कोषमा २०.९३ प्रतिशतले सुधार गरेको हो ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।