समीट माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ८८ पैसाले घट्यो, इपिएस कति ?

Nov 16, 2018 Merolagani



समीट माइक्रोफाइनान्स (SMFDB) को प्रतिशेयर आम्दानी गत आवको तुलनामा चालू आवको प्रथम त्रैमासमा १९ रुपैयाँ ८८ पैसाले घटेको छ। गत वर्ष ४५ रुपैयाँ २७ पैसा प्रतिशेयर आम्दानी गरेको माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी समीक्षा अवधिमा २५ रुपैयाँ ३९ पैसामा खुम्चिएको छ ।

चालू आर्थिक बर्षको प्रथम त्रैमासमा माइक्रोफाइनान्सले एक करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत बर्षको यसै अवधिको तुलनामा २५ लाख ८४ हजार रुपैयाँले बढी हो । गत वर्ष माइक्रोफाइनान्सले ८२ लाख ५ हजार खुद नाफा कमाएको थियो । 

माइक्रोफाइनान्सको आम्दानी बढेपनि कर्मचारी खर्च बढ्दा अपेक्षा अनुसारको नाफा बढाउन नसकेको हो । माइक्रोफाइनान्सको चुक्ता पूँजी गत वर्षको प्रथम त्रैमासमा ७ करोड २५ लाख रुपैयाँबाट १७ करोड रुपैयाँ पुगेको छ ।

माइक्रोफाइनान्सको जगेडा कोषमा १० करोड २१ लाख रुपैयाँ सञ्चित छ । गत वर्ष यसै अवधिमा ९ करोड ४३ लाख रहेको थियो । यस अवधिमा ६५ करोड ४० लाख निक्षेप संकलन र ८३ करोड ३५ लाख सापटीबाट माइक्रोफाइनान्सले एक अर्ब ६२ करोड कर्जा परिचालन गरेको छ ।

माइक्रोफाइनान्सको खुद ब्याज आम्दानीमा बढोत्तरी देखिएको छ । गत वर्ष २ करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको माइक्रोफाइनान्सले समीक्षा अवधिमा ३ करोड ४३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

माइक्रोफाइनान्सको निष्क्रिय कर्जा अनुपात ०.३३ प्रतिशतबाट बढेर ०.९१ प्रतिशत पुगेको छ । प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ १० पैसा रहेको माइक्रोफाइनान्सको मूल्य आम्दानी अनुपात १४८.८९ गुणा छ ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।