सिद्धार्थ इन्स्योरेन्सको खुद बीमा शुल्क घटेपनि नाफामा भने सामान्य सुधार

Nov 18, 2018 Merolagani

सिद्धार्थ इन्स्योरेन्स(SIL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ६६ लाख रुपैयाँ खुद नाफा गरेको छ । यस गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ५४ लाख रुपैयाँले बढी हो । गत वर्ष ४ करोड १२ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा २५ करोड ७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले यस अवधिमा भने करिब २ करोड रुपैयाँले घटेको छ । समिक्षा अवधिमा कम्पनीले २३ करोड ३९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीले पुर्नबीमा कमिशन वापत ८ करोड ८८ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयवाट एक करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी ८६ करोड २१ लाख रुपैयाँ रहेको कम्पनीले जगेडा कोषमा १६ करोड ८० लाख रुपैयाँ, बीमा कोषमा ५७ करोड ३७ लाख रुपैयाँ र महाविपत्ती कोषमा ८ करोड ३८ लाख रुपैयाँ संचित छ ।

कम्पनीले हाल सम्म ३८ हजार १४८ बीमालेख जारी गरी ५८ करोड ६३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । यस अवधिमा ९ हजार ३३७ बीमालेख नवीकरण भएको छ ।

कुल एक हजार ४५५ दाबी वापत कम्पनीले २२ करोड २९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३ हजार ४५ दाबी वापत ६५ करोड ८६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

यसले चालू आवको पहिलो त्रैमाससम्ममा खुँद विमाशुल्क आर्जन २३ करोड ३९ लाख, पुनर्विमा कमिशन आयबाट ८ करोड ८८ लाख र अन्य लगानी तथा आयबाट १ करोड ९७ लाख कमाएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।