स्थानीय निकायको रकम वाणिज्य बैंकहरुमा निक्षेपको रुपमा राख्ने प्रकृया सुरु

Nov 18, 2018 Merolagani



बैंकिङ्ग क्षेत्रमा देखिएको तरलता संकट समाधानका लागि सरकारले स्थानीय निकायमा पठाएको सरकारी पैसा वाणिज्य बैंकहरुलाई चलाउन दिने भएको छ। सरकारले सो रकम वाणिज्य बैंकहरुको खातामा नगद निक्षेपको रुपमा पठाउन सरोकारवाला निकायमा पत्रचार गरिसकेको छ।

अर्थमन्त्रालयका सल्लाहकार डा. रामशरण खरेलले स्थानीय निकायका लागि पठाएको सरकारी कोषको ५० प्रतिशत रकम वाणिज्य बैंकहरुले निक्षेपको रुपमा चलाउन मन्त्रालयले निर्देशन दिइसकेको जानकारी दिए ।

रकम दिने कार्यबिधि, प्रकृया र रकमबारे महालेखा नियन्त्रकका कार्यालयबाट जानकारी लिन सकिने बताए ।

महालेखा नियन्त्रक सुरेश प्रधानले कोषबाट सरकारी रकम वाणिज्य बैंकमा हस्तान्तरण गर्ने बिषयको प्रकृया अगाडि बढेको जानकारी दिए ।

मेरो लगानीसँगको कुराकानीमा प्रधानले भने रकम स्थानान्तरण प्रकृयामा देखिन सक्ने प्राविधिक समस्याका बारेमा गृहकार्य भइरहेको छ । प्रकृया प्रारम्भिक अवस्थामा रहेकाले कसरी र कति रकम हस्तान्तरण गरिने छ भन्नेबारे प्रतिकृया दिन नसकिने उनले बताए ।

श्रोतले दिएको जानकारी अनुसार पचास प्रतिशतमात्र रकम हस्तान्तरणको प्रकृया अगाडि बढाउँदा कार्यालयको बिद्यमान सफ्टवेयरले सपोर्ट नगर्ने देखिएपछि महालेखालाई प्राबिधिक समस्या आएको छ । तर, बिकल्प पनि छलफल जारी छ ।

असोज लागेसँगै वाणिज्य बैंकहरुमा तरलता अभाव देखिन थालेको थियो । आफूहरुसँग भएको बैंक मौज्दात चाडबाडमा वस्तु आयात गर्नमा प्रयोग भएपछि रकम नभएको बैंकहरुले बताउँदै आएका छन ।

उनीहरुले सरकारले बिकास खर्च गर्न नसक्दा त्यसको असर बैकहरुलाई परिरहेको बताउँदै आएका छन्। बैंकले साना तथा ठूला लगानीकर्तालाई अहिले ऋण दिन सकिरहेका छैन। ऋण सम्बन्धि फाइल बैंकमै थन्किएर बसेका छन् । बैंकमा प्रर्याप्त रकम नभएपछि महंगो निक्षेप लिन बाध्य बैकहरुले व्याजदर घटाउन सकेका छैन । ब्याजदर नघटेपछि लाभांश घोषणाको समयमा पनि शेयर बजारले गति लिन सकेको छैन ।

तरलता संकट समाधानका लागि सरकारी कोषको रकम आफूहरुले निक्षेपको रुपमा प्रयोग गर्न पाउनुपर्ने माग बैंकर्स एशोसियसनले गत वर्षदेखि नै राख्दै आएको छ ।

गत वर्ष सोही प्रयोजनका लागि सह-सचिव रामशरण पुडासैनीको संयोजकत्वमा एक अध्ययन समिति बनेपनि निष्कर्षहीन बनेको थियो ।

कोषको रमकको बिकल्पको रुपमा केही समय पहिले परियोजनामा रकमान्तर गराएर भएपनि विकास खर्च बढाउने लक्ष्य सरकारले लिएको थियो ।

तर, तरलता संकटको तत्काल समाधान गर्न दबाब बढेपछि सरकारले स्थानीय निकायको लागि राखेको कोषको रकम बैकहरुलाई चलाउन दिन उदार भएको हो ।

संघीय सरकारले चालू आर्थिक बर्षका लागि महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिका गरी ७५३ स्थानीय तहका लागि तीन खर्ब ८ अर्ब ४८ करोड ७२ लाख रुपैयाँ छुट्याएको छ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।