एशियन लाइफको खुद बीमा शुल्क १३ करोड बढ्यो, ६८ करोड २४ लाख रुपैयाँ आर्जन

Nov 18, 2018 Merolagani

एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६८ करोड २४ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १३ करोड ३७ लाख रुपैयाँले बढी हो ।

गत वर्षको यसै अवधिमा इन्स्योरेन्सले ५४ करोड ८६ लाख रुपैयाँ दुख बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट २८ करोड ५७ लाख रुपैयाँ र बीमालेख धितो कर्जामा ९५ करोड ८६ लाख रुपैयाँ लगानी गरेर ९२ लाख ६७ हजार रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले समीक्षा अवधिमा एक करोड ६९ लाख रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले एक करोड ५८ लाख रुपैंयाँ खुद नाफा कमाएको थियो ।

एक अर्ब २५ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी रहेका कम्पनीले जगेडा कोषमा २६ करोड ६८ लाख रुपैयाँ, जीवन बीमा कोषमा १३ अर्ब ८८ करोड ८५ लाख रुपैयाँ सञ्चित छ ।

 

हाल सम्म कायम २ लाख १९ हजार ६३९ बीमालेखबाट कम्पनीले कुल १६ अर्ब ६८ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यस अवधिमा कम्पनीले तीन हजार २९१ वटा दाबीका लागि ९४ करोड ५० लाख रुपैयाँ भुक्तानी गरेको छ भने ८६ दाबी वापत एक करोड ७० लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।

एशियनको वार्षिक प्रतिशेयर अाम्दानी पाँच रूपैयाँ ३९ पैसा रहेकाे छ । कम्पनीले वित्तिय विवरणमा त्रैमासिक अवधिकाे एक रुपैयाँ ३५ पैसा उल्लेख गरेकाे छ । उसकाे प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ २४ पैसा र मुल्य आम्दानी अनुपात ४३६ गुणा बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।