नयाँ नेपाल लघुवित्तको लिलामी शेयरमा बोलपत्र आवेदन खुल्यो, स्वदेशीको मंसिर २० देखि खुल्ने

Nov 29, 2018 Merolagani



नयाँ नेपाल लघुवित्तले हकप्रदमा अवितरित शेयरमा मंसिर १३ गते बिहीबार (आज) देखि बोलपत्र आवेदन खुला भएको छ भने स्वदेशी लघुवित्तले पनि हकप्रदमा अवितरित शेयर मंसिर २० गतेदेखि लिलाम बढाबढमा बिक्री गर्ने भएको छ ।

नयाँ नेपाल लघुवित्त (NNLB) ले हकप्रदमा बिक्री नभएको एक लाख ३ हजार ३५३ कित्ता शेयरमा लिलामी खुला गरेको हो । जसमध्ये १७ हजार २६० कित्ता साधारण शेयर र ८६ हजार ९३ कित्ता संस्थापक शेयर रहेको छ ।

यस शेयरमा मंसिर २० गतेसम्म लिलामीका लागि शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । इच्छुक लगानीकर्ताले लघुवित्तको शेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकको वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट लिलामीमा आवेदन गर्न सक्नेछन् ।

यस शेयरमा मंसिर २८ गतेसम्म लिलामीका लागि शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । लघुवित्तको शेयर मंसिर १२ गते बुधबार प्रतिकित्ता ५२० रुपैयाँमा कारोबार भएको छ ।

लघुवित्तले साउन २७ देखि भदौ ३१ गतेसम्म चुक्ता पूँजीको २५० प्रतिशत बराबरको ६ लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । सो हकप्रदमा अवितरित शेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो ।

हाल दुई करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको नयाँ नेपाल लघुवित्तले चालू आवको प्रथम त्रैमासमा २१ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी वार्षिक ३५ रुपैयाँ ५६ पैसा कायम गरेको छ । 

लिलामी शेयर बिक्री गरिसकेपछि नयाँ नेपाल लघुवित्तकाे चुक्त्ता पूँजी ८ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।

त्यसैगरि स्वदेशी लघुवित्त वित्तीय संस्था (SDESI) ले मंसिर २० गतेदेखि ६२ हजार ५ कित्ता साधारण शेयर लिलामीमा बिक्रीमा ल्याउने भएको छ । स्वदेशीले चुक्ता पूँजीको बराबर ११ लाख ५० हजार कित्ता हकप्रद बिक्री खुला गरेकोमा अवितरित भएको परिमाण लिलामी मार्फत बिक्रीमा ल्याउने भएको हो ।

इच्छुक लगानीकर्ताले लघुवित्तको शेयर बिक्री प्रबन्धक एनआईशी एशिया क्यापिटल बबरमहल, स्वदेशी लघुवित्तको कार्यालयहरु इटहरी सुनसरी,नौबस्ता बाँके, भरतपुर चितवन, पोखरा कास्की, बुटवल रुपन्देही, जितपुर बारा, बेलबारी मोरङ्ग, र अत्तरिया कैलाली बाट शिबन्दी बोलपत्र आवेदन प्राप्त गर्न र बुझाउन सक्नेछन् ।

लघुवित्तको शेयर मंसिर १२ गते बुधबार प्रतिकित्ता ६३० रुपैयाँमा कारोबार भएको छ ।

लघुवित्तले असोज २३ देखि कार्तिक २६ गतेसम्म चुक्ता पूँजीको एक बराबर एक अनुपातमा हकप्रद जारी गरेकोमा अवितरित शेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो ।

११ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको स्वदेशीको लिलामी शेयर बिक्रीपछि २३ करोड रुपैयाँ पुग्नेछ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा यस लघुवित्तले ८३ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २९ रुपैयाँ ३ पैसा कायम गरेको छ ।

दुबै लघुवित्तको लिलामी शेयरमा लगानीकर्ताले १०० कित्ता देखि लिलामी माग गरिएको अधिकतम कित्तासम्म आवेदन गर्न पाउनेछन् भने न्यूनतम १०० रुपैयाँदेखि बढाबढ मूल्यमा बोलकबोल गर्न सक्नेछन् ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।