आईपिओ निष्काशन गर्दै दोर्दीखोला जलविद्युत कम्पनी

Dec 05, 2018 Merolagani

दोर्दीखोला जलविद्युत् कम्पनीले सर्वसाधारणलाई आईपिओ निष्काशन गर्ने भएको छ । आईपिओको प्रस्ताव पारित गर्न कम्पनीले मंसिर २७ गते बिहान १० बजे अमृतभोग क्याटरिङ्ग, कालिकास्थान काठमाडौंमा साधारण सभा डाकेको हो ।

साधारणसभाबाट उक्त प्रस्ताव पारित भएपछि आईपिओ निष्कासनको काम अघि बढ्नेछ । आईपिओ कति निष्काशन गर्ने भन्ने बारे साधारणसभाले तय गर्नेछ ।

साधारण सभामा कम्पनीले आईपिओ निष्काशन गर्ने प्रस्ताव सहित प्रबन्धपत्र र नियमावली संशोधन गर्ने र नियमक निकायहरुको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्ने अख्तियारी संचालक समितिलाई दिने विषेश प्रस्ताव गर्दैछ ।

यसैगरी संचालक समितिको आर्थिक वर्ष २०७४/७५ को बार्षिक प्रतिबेदन छलफलगरी पारीत गर्ने, लेखा परिक्षकको प्रतिबेदन पारित गर्ने र लेखा परिक्षकको नियुक्ती गरी निजको पारिश्रमीक तोक्ने तयारी गरेको छ ।

कम्पनीले लम्जुङमा १२ मेगावाटको दोर्दीखोला आयोजनाको अनुमानित लागत २ अर्ब २९ करोड रुपैयाँ छ । उक्त आयोजनामा सानिमा बैंकको नेतृत्वमा लक्ष्मी बैंक,कृषि विकास बैंक, कैलाश विकास बैंक लगायतले एक अर्ब ४० करोडको ऋण लगानी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।