स्पर्स लघुवित्तले आईपिओ पारित गर्न बोलायो साधारणसभा

Oct 11, 2018 Merolagani

स्पर्स लघुवित्तले दुई करोड ९६ लाख रुपैयाँको आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपिओ निष्काशनको विशेष प्रस्ताव राखेर कात्तिक १८ गते आईतबार दोस्रो वार्षिक साधारणसभा बोलाएको छ ।

लघुवित्तको साधारणसभा होटल बाराही पोखरामा बिहान ११ वजे हुनेछ ।

 

लघुवित्तले संस्थापक र सर्वसाधारणको शेयर अनुपात ६७.५०ः३२.५० मा परिवर्तन हुने गरी जारी पूँजी ८ करोड २९ लाख ६३ हजार रुपैयाँ पुर्याउने प्रस्ताव गरेको छ ।

उक्त सभाले प्रस्तावित जारी पूँजीको ३२.५ प्रतिशत अर्थवा दुई करोड ९६ लाख रुपैयाँको शेयर सर्वसाधारण, कर्मचारी र समूहिक लगानीकोषको लागि निष्काशन गर्ने प्रस्ताब पारित गर्ने छ ।

हाल १० जिल्लामा कार्यक्षेत्र रहेको लघुवित्तको थप ५ वटा कार्यक्षेत्र विस्तारको प्रस्ताव पनि सभामा लैजाने भएको हो । पूँजी तथा कार्यक्षेत्र विस्तारको लागि संस्थाले प्रबन्धपत्र र नियमावलीको पनि संसोधन गर्ने जनाएको छ ।

आईपिओ जारी पश्चात लघुवित्तको चुक्ता पूँजी ८ करोड २९ लाख पुग्ने छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।