अर्थमन्त्रीको राजिनामा माग्दै शेयर लगानीकर्ताहरु अनसन बस्ने

Dec 05, 2018 Merolagani



शेयर बजार तिब्र गतिमा ओरालो लागेका बेला लगानीकर्ताहरु सम्पत्तिको रक्षका लागि भन्दै अनसन बस्ने भएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाको राजिनामा माग गर्दै मंसिर २३ आइतबारदेखि अनसानमा बस्ने भएका हुन् ।

शेयर बजारका सम्बन्धमा अर्थमन्त्री डा. युवराज खतिवडा नकरात्मक रहेको भन्दै यस अघिदेखि नै लगानीकर्ताहरु रुष्ट थिए ।

पछिल्ला दिनमा अनलाइन कारोबार प्रणाली, समग्र वित्तीय बजारको अवस्था लगायत विभिन्न कारणले बजार तिब्र गतिमा ओरालो लाग्न थादेको छ ।

यसै सन्दर्भमा लगानीकर्ताहरुले दवाब समुह बनाएर रिले अनशन बस्ने निर्णय गरेका हुन् । पूँजी बजार बिस्तार तथा सुधार गर्दै आम लगानीकर्ताको सम्पत्तीको रक्षा गर्नका लागि अर्थमन्त्रीको राजिनामा माग गर्दै रिले अनसन बस्न लागिएको दवाब समुहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल स्टक एक्सचेञ्जको सिंहदरबार प्लाजास्थित कार्यालयमा आउँदा आइतबार बिहान १० बजेदेखि रिले अनसन सुरु हुने बताइएको छ ।

यस्ता छन दबाब समूहका दश माग 

१. सरकारले पूँजी बजारसम्बन्धी आफ्नो धारणा तथा नीति स्पष्ट गरोस र बजार सुधार तथा बिस्तारका लागि तत्काल बिशेष कार्यक्रम ल्याओस् ।

२. अनलाईन कारोबार प्रणालीको पहुँच तत्काल आम लगानीकर्तामा पुर्याईओस् ।

३. धितोपत्र बोर्डले तीन बर्ष अघिदेखि गैर आवासीय नेपाली र विदेशमा बस्ने नेपालीलाई पूँजी बजारमा ल्याउन कार्य्विधि बन्दै गरेको भन्दै आएकोमा तत्काल सो कार्य्विधि लागु गरी उनीहरुलाई पूँजी बजारमा भित्र्याईयोस् ।

४. शेयर दलाल मार्फत मार्जिन ट्रेडिड. तत्काल खुला गरियोस् ।

५. शेयर धितो कर्जाको सिमा धितो मूल्यांकनको ८० प्रतिशत पुर्याईयोस र जोखिम भारित अंश १०० प्रतिशत वा सो भन्दा कम कायम गरी सस्तो ब्याजमा कर्जा प्राप्त हुने ब्यवस्था गरियोस् । प्राथमिक पूँजीको २५ प्रतिशतसम्म हैन, कुल कर्जा लगानीको २५ प्रतिशत रकम बैंक तथा बित्तीय संस्थाले शेयर धितो कर्जा प्रबाह गर्नसक्ने ब्यवस्था होस् ।

६. धितोपत्र बोर्डले तीन बर्षदेखि भन्दै आएको मार्केट मेकर र डिलरशीपको तत्काल ब्यवस्था होस् ।

७. ग्रेड चार र पाँच रेटिड. प्राप्त गरेका कम्पनीहरुलाई आईपीओ बिक्री गर्न तत्काल बन्देज लगाई जलबिद्युत र अन्य कम्पनीहरुलाई प्रत्यक्ष नियमनकारी निकायको ब्यवस्था भएपछि मात्र आईपीओ ल्याउन पाउने ब्यवस्था गरियोस् ।

८. कम्पनीले हकप्रद शेयर बिक्रीको प्रस्ताब सार्वजनिक गर्नु अगाबै संस्थापक र आधारभुत शेयरधनीहरुले प्रस्तावित हकप्रदको ७५ प्रतिशत रकम जम्मा गरेपछि मात्र प्रस्ताब सार्वजनिक गर्न र साधारणसभामा पेश गर्न पाउने ब्यवस्था गरियोस् ।

९. सहायक कम्पनी खोलेर आबेदन गरेका बाणिज्य बैंकलाई तत्काल ब्रोकर लाईसेन्स दिनुका साथै देशका सबै जिल्ला समेट्ने गरी नयाँ शेयर दलालहरुलाई तत्काल ब्रोकर लाईसेन्स दिएर पूँजी बजारमा देशभरिका जनताको पहुँच कायम हुने ब्यवस्था गरियोस् ।

१०. कम्पनीहरुले एफपीओ बिक्रीको प्रस्ताब गर्दा प्रति शेयर नेटवर्थ भन्दा मूल्य बढी नहुने शर्तमा मात्र स्वीकृत गरियोस् ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।