जोशी हाइड्रोपावरको आईपिओ बाँडफाँड, कसलाई कति कित्ता ?

Dec 11, 2018 Merolagani

जोशी हाइड्रोपावर कम्पनी (JHDCL) को साधारण शेयर (आर्इपिओ) मंगलबार बाँडफाँड भएको छ। हाईड्रोपावरको शेयरमा आवेदन गर्ने कूल ८३ हजार ७३६ जना वैध आवेदकमध्ये ७६ हजार १२२ जनाले २० कित्ता र ७ हजार ६१४ जना आवेदकले १० कित्ता शेयरका दरले शेयर पाएका छन् ।

कम्पनीले कूल १६ लाख ९० हजार ४९० कित्ता शेयर निष्काशन गरेकोमा ८४ हजार ५२३ कित्ता म्युचुअल फण्ड र ७३६७ कित्ता शेयर कर्मचारीलाई छुट्टाएर १५ लाख ९८ हजार ५८० कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड गरेको हो । 

आईपिओमा कूल ८३ हजार ७७० वटा आवेदनबाट ५९ लाख १७ हजार ५२० कित्ता अर्थात ३.७० गुणा बढी आवेदन परेको थियो । जसमध्ये ३४ आवेदनबाट परेको १० हजार ६३० कित्ता रद्ध भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

सर्वसाधारणमा बाँडफाँड हुने १५ लाख ९८ हजार ५८० कित्तामध्ये रितपूर्वक आवेदन दिने ८३ हजार ७३६ जना आवेदक सबैलाई न्यूनतम १० कित्ता बाँडफाँड गरिएको हो ।

यसरी बाँडेर बाँकी रहेको ७ लाख ६१ हजार २१० कित्ता शेयर ८३ हजार ७३६ जना आवेदकमध्ये गोलाप्रथाबाट ७६ हजार १२२ जनालाई थप १० कित्ता गरि २० कित्ता शेयर बाँडफाँड गरिएको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।