आखिर नेपालले अचानक यो निर्णय किन लियो ?
हालैमा नेपालको मन्त्री परिषदको वैठक सम्पन्न भएको थियो । उक्त वैठकले अब नेपालमा २००, ५०० र २ हजारका भारतीय नोट अवैध हुनेछ भन्ने निर्णय लिएर सूचना जारी गर्याे ।
सबैभन्दा रोचक कुरा यो छ कि, हालसम्म नेपालले यसको कुनै कारण बताएको छैन । नेपालको तर्फबाट जुन आधिकारिक सूचना जारी गरिएको छ, त्यसमा पनि कुनै कारण बताइएको छैन । यस्तो अवस्थामा प्रश्न उठ्न सक्छ कि, नेपाललाई अचानक यस्तो निर्णयको जरुरत किन पर्याे त ?
नेपालका वरिष्ठ पत्रकार युवराज घिमिरेका अनुसार, यो फैसला किन लिइयो भन्ने विषयमा अझै स्पष्ट भइसकेको छैन ।
उनी भन्छन्, ‘अवश्य पनि यसको असर जनतामा पर्नेछ । विशेषगरी सीमा क्षेत्रका इलाकामा भारतीय व्यापारीलाई यसले समस्या पर्न सक्छ । मलाई लाग्दैन कि, यसले भारतलाई कुनै पनि प्रकारको नोक्सानी हुनेछ । यसले दुवै देशका ती कामदारहरुलाई समस्या हुनसक्छ, जो एक अर्काको देशमा नोकरी वा व्यापार गर्दै आइरहेका छन् ।’
![](https://images.merolagani.com/Uploads/Repository/636803850625149232.jpg)
प्रभावित होला त निर्णय ?
नेपाल सरकारको यो निर्णय कत्तिको व्यवहारिक होला? के यो निर्णयपछि मानिसले १०० भन्दा माथिको भारतीय नोटको कारोबार बन्द गर्लान् त? यो प्रश्नको जवाफमा घिमिरे भन्छन्, ‘यो प्रश्न वास्तवमै महत्वपूर्ण रहेको छ कि, के सरकारको निर्णय प्रभावित होला त? त्यो पनि तब, जब यो नोट न त लिनेलाई समस्या छ, न त दिनेलाई नै ।’
यद्यपी घिमिरे भन्छन् कि, भारतीय नोटमाथि प्रतिबन्ध लगाइनुको एउटा ऐतिहासिक पृष्ठभूमि पनि रहेको छ । उनी भन्छन्, ‘सन् १९९९ मा जब भारतको यात्री विमानलमई आतंकवादीले हाइज्याक गरेकम थिए, तब भारत सरकारको अनुरोधमा नेपालले ५०० दरका भारतीय नोटमाथि प्रतिबन्ध लगाएको थियो ।
भारतले नोटबन्दी गर्दा नेपालमा पनि ५०० तथा १००० का पुराना भारतीय नोट रहेको थियो । हालसम्म पनि यी पुराना नोटको कुनै समाधान निस्किएको छैन । स्पष्ट छ कि, नोटबन्दीको निर्णयबाट नेपाललाई नोक्सानी भएको थियो । तर हाल नेपालले जुन निर्णय लिएको छ, यसले कुनै पनि असर पर्ने छैन ।’
उक्त नोटबन्दीका कारण नेपाल र भुटानलाई ठूलै नोक्सानी भएको थियो । भारतको वित्त मन्त्रालयले दुवै देशमा रहेको पुरानो नोटको विषयमा हालसम्म कुनै पनि ठोस कदम उठाएको छैन ।
नेपालले हाल जुन निर्णय लिएको छ, यसको पहिलेदेखि नै आशंका भएको बताइएको छ । नेपाल र भुटानसँग भारतको कुनै पनि औपचारिक सम्झौता भएको छैन कि, नेपालमा भारतीय मुद्राको लेनदेन वैध होस् ।
पहिले पनि थियो प्रतिबन्ध
नेपालको बजारमा पारम्परिक रुपमा भारतीय नोट स्वीकार्य छ । भारतमा पनि नेपाली नागरिकहरुका लागि जागिर र कारोबार गर्नका लागि छुट छ । भारतको फेमा कानुन अर्थात् फरेन एक्सचेञ्ज म्यानेजमेन्ट एक्टका अनुसार, नेपाल जाने व्यक्तिले आफ्नो साथमा २५ हजार रुपैयाँ नगदसम्म लिएर जान सक्नेछन् ।
नेपालमा सन् २०१४ सम्म ५०० र १००० को नोट लेनदेनमा प्रतिबन्ध थियो । तर यस्तो भारत सरकारको अनुरोधमा नै गरिएको थियो । अगस्ट २०१५ मा उक्त प्रतिबन्ध हटाइएको थियो ।
सन् १९५७ देखि भारतीय एक रुपया नेपालको १.६ रुपैयाँ बराबर रहेको छ । यो मूल्य नेपाल राष्ट्र बैंक र आरबीआईका बीच भएको सम्झौतामा तय भएको थियो । बीबीसी हिन्दी