बेजोसले भने, नेशनल इनक्वाएररका वकिलले मेरो र पूर्व टिभी एंकर लरेन सान्चेजको अश्लील तस्बिर सार्वजनिक गर्ने धम्की दिएको छ । म्यागेजिनका वकिलले मेरो वकिललाई इमेल पठाएर यस्तो धम्की दिएका हुन् ।
नेशनल इनक्वाएरर टेब्लोइड ट्रम्प सहयोगी म्यागेजिन हो । यो बेजोसले आफ्नो र सान्चेजको प्राइभेट म्यासेज र तस्बिर नेशनल इन्क्वाएररलाई कसरी प्राप्त भएको भन्ने कुराको बारेमा जाँच भइरहेको तर म्यागेजिनका प्रकाशकले भने मबाट जाँच र खोजतलाश बन्द होस् भन्ने चाहिरहेको बताए ।
बेजोसले एउटा पोस्टमा भने, नेशनल इनक्वाएररका प्रकाशक एएमआई चाहन्छन् म सार्वजनिक रुपमा भनू कि मेरो सम्बन्ध विच्छेद र सान्चेजसँगको सम्बन्धको कभरेजको पछाडि कुनै पनि प्रकारको राजनीतिक पक्ष थिएन । एएमआईको कभरेजलाई बेजोसका सेक्यूरिटी चीफले केही दिन अगाडि राजनीतिबाट प्रेरित बताएका थिए ।
![](https://images.merolagani.com/Uploads/Repository/636725186836480630.jpg)
नेशनल इनक्वाएरर म्यागेजिनले गत महिना बेजोसको पूर्व टिभी एन्कर लरेन सान्चेजसँग सम्बन्ध रहेको खुलासा गरेको थियो । यसै कारणले उनले आफ्नी श्रीमतीसँग सम्बन्ध विच्छेद गरिरहेको बताएको थियो । बेजोसले गत महिना पत्नी म्याकेन्जीसँग सम्बन्ध विच्छेद गर्ने घोषणा गरेका थिए ।
म्याजेजिनले यो पनि दाबी गरेको थियो कि, विगत केही महिनामा बजोसले सान्चेजलाई कयौँ आपत्तिजनक तस्बिर र म्यासेज पठाएका थिए । म्यागेजिनले ११ पेजको रिपोर्टमा सबै फोटो दर्शकसम्म पुर्याउने बताएको थियो ।
बेजोसले एएमआईमाथि पत्रकारिताको विशेषधिकारको दुरुपयोग गरेको आरोप लगाएका छन् । बेजोसले आफ्नो निजी तस्बिर प्रकाशित होस् भन्ने नचाहिरहेको र एएमआईको ब्ल्याकमेलिङ, राजनीतिक पक्षपात र भ्रष्टाचारमा शामिल नहुने बताए । उनले भने, यसका विरुद्ध लड्नेछुँ, फेरी देखिन्छ के हुनेछ । एजेन्सी