बुटवल पावर र सप्तकोशी डेभलपमेन्ट बैंकको बोनसपछि शेयरमूल्य समायोजन

Dec 23, 2018 Merolagani



नेपाल स्टक एक्सचेञ्जले बुटवल पावर र सप्तकोशी डेभलपमेन्ट बैंकको आइतबार शेयरमूल्य समायोजन गरेको छ। दुबै कम्पनीले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेका बोनसको बुकक्लोजसँगै मूल्य समायोजन भएको हो ।

नेप्सेले बुटवल पावर (BPCL) को १० प्रतिशत बोनस पश्चात प्रतिकित्ता ३९९ रुपैयाँ नौं पैसामा शेयरमूल्य समायोजन गरेको छ ।

हाइड्रोपावर कम्पनीको १८० दिन नेप्सेमा शेयर कारोबार भएको मूल्यका आधारमा औसत आधारमूल्य ५२७ रुपैयाँ ५५ पैसा कायम भएको छ ।

बुटवल पावरले पुस २७ गते शुक्रबार बिहान १० बजे कार्की ब्याङ्क्वेट बबरमहल काठमाडौँमा २६ औँ वार्षिक साधारण सभाको आह्वान गरेको छ ।

सभामा कम्पनीले आफ्ना शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको १० प्रतिशत बोनस र १८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्स्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ६ गतेदेखि पुस २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ। जसअनुसार पुस ५ गते बिहीबारसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् । 

बुटवल पावरले डाक्यो साधारण सभा, २८ प्रतिशत लाभांश प्रस्ताव पारित गर्दै

त्यसैगरि सप्तकोशी डेभलपमेन्ट बैंक (SKDBL) को ३ प्रतिशत बोनस पश्चात प्रतिकित्ता १२० रुपैयाँ ३९ पैसामा शेयरमूल्य समायोजन भएको छ ।

विकास बैंकको १८० दिन नेप्सेमा शेयर कारोबार भएको मूल्यका आधारमा औसत आधारमूल्य १४३ रुपैयाँ ६९ पैसा कायम भएको नेप्सेले जनाएको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंकले गत वर्षको नाफाबाट ५.०३६ प्रतिशत नगद र ३ प्रतिशत बोनस शेयर गरि कूल ८.०३६ प्रतिशत लाभांश वितरण गर्न पुस २८ गते उद्योग संगठन विराटनगरमा बिहान १०।३० बजे साधारण सभा आह्वान गरेको छ ।

सभाले दुई करोड ५६ लाख १० हजार ५८३ रुपैयाँ नगद र एक करोड ५२ लाख ५५ हजार ३०० रुपैयाँ बोनस अनुमोदन गर्नेछ ।बैंकको लाभांश पुस ५ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

हाल ५० करोड ८५ लाख १० हजार रुपैयाँ चुक्ता पूँजी रहेको सप्तकोशीको बोनस वितरणपछि ५२ करोड ३७ लाख ६५ हजार ३०० रुपैयाँ पुग्नेछ । 




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।