कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल उपाध्याय, आजै शपथग्रहण

Dec 26, 2018 Merolagani

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा अनिल उपाध्याय नियुक्त भएका छन्। बैंक सञ्चालनको कार्ययोजनाका आधारमा छानिएका अन्य चार प्रतिस्पर्धिलाई पछाडि पार्दै उपाध्ययले सिइओमा बाजी मारेका हुन् ।

कृषि विकास बैंकका प्रवक्ता हिमलाल पौडेलका अनुसार बैंकको प्रमुख कार्यकारी अधिकृतका लागि पहिलो चरणमा छनौट भएका अनिल उपाध्याय, पूर्णप्रसाद आचार्य, नरेशकुमार रोक्का, कपीलमणि ज्ञवाली र शंकर रायमाझीमध्ये सर्टलिस्ट गरि तीन जना पूर्णप्रसाद आचार्य, शंकर रायमाझी र अनिल उपाध्यायको नाम सिफारिश गरेको थियो। 

प्रमुख कार्यकारी अधिकृत छनौट समितिले बुझाएको तीन प्रतिस्पर्धीमध्ये बैंक सञ्चालक समितिले उपाध्यलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  अबको चार वर्ष उपाध्यायले कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा विताउनेछन् ।

प्रमुख कार्यकारी अधिकृत उपाध्यायको केही बेरमा नै शपथग्रहण कार्यक्रम राखिएको प्रवक्ता पौडेलले मेरोलगानीलाई बताए ।

उपाध्यायसँग कृषि विकास बैंकको विभिन्न विभागमा बसेर लामो समय काम गरेको अनुभव छ ।सिइओ हुनका लागि बैंकिङ, मौद्रिक, अर्थशास्त्र, वित्तीय, वाणिज्यशास्त्र, प्रसाशन वा कानुन विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने व्यवस्था रहेको थियो । 

यसअघि १७ जना आवेदकहरु मध्येबाट बैंक सञ्चालनको कार्ययोजनाका आधारमा कृषि विकास बैंकका बहालवाला तथा पूर्व कर्मचारी ३ जना र २ जना राष्ट्रिय वाणिज्य बैंकका पुर्व कर्मचारी छानिएका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाको कार्यकाल मंसिर २७ गतेदेखि सकिएपछि बैंकको प्रमुख कार्यकारीको नियुक्ति प्रकृया थालिएको थियो । सिटौला खुल्ला प्रतिष्पर्धाबाट २०७१ साल मंसिर २८ गते कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत बनेका थिए ।

बैंकको प्रमुख कार्यकारी अधिकृत छनौट प्रकृयालाई स्वतन्त्र बनाइने भन्दै आन्तरिक राजश्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालको संयोजकत्वमा ३ सदस्यीय छनौट समिति गठन गरिएको थियाे । समितिमा बैंकका सञ्चालक घनाश्याम अवस्थी तथा विज्ञ गेहनाथ गौतम सदस्य रहेका थिए ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।