एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा रोशन न्यौपाने नियुक्त

Dec 02, 2018 Merolagani

एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा रोशन न्यौपाने नियुक्त भएका छन्। मङ्सिर १६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले का.मु. प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

तत्कालिन प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालको राजिनामा स्वीकृत भए पश्चात न्यौपाने कायम मूकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

आन्तरिक लेखापरीक्षण विभाग प्रमुखको रुपमा तत्कालीन बैंक अफ एशियाबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका न्यौपाने न्यौपानेले बैंकको प्रमुख जोखिम अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत, तथा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

न्यौपाने चार्टड एकाउण्टेण्ट समेत हुन् ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई आइतबार नै बैंकका संचालक समितिका अध्यक्ष तुलसी राम अग्रवालले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।

न्यौपानेको कार्यकाल ४ वर्षको हुनेछ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।