राष्ट्र बैंकले ५० रुपैयाँ दरका २३ करोड नोट छाप्ने, ग्लोबल टेन्डर आह्वान

Jan 04, 2019 Merolagani

नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका २३ करोड प्रति नोट छाप्न ग्लोबल टेन्डर आह्वान गरेको छ । केन्द्रिय बैंकले एघार अर्ब ५० करोड रुपैयाँ बराबरको ५० रुपैयाँ दरका नोट छाप्ने भएको हो ।

राष्ट्र बैंकले ५० रुपैयाँ दरका २३ करोड प्रति नोटको डिजाइन, छपाइ र आपूर्तिको समेत काम गर्नका लागि ग्लोबल टेण्डर आह्वान गरेको हो ।

शुक्रबार सूचना प्रकाशित गर्दे नोट डिजाइन, छपाइ र आपूर्तिका लागि फागुन ६ गते भित्र बोलपत्र माग गरेको छ ।

यसअघि पनि केन्द्रीय बैंकले १०० रुपैयाँ दरका ४० अर्ब रुपैयाँबराबरको ४० करोड प्रति नोट छाप्ने काम अघि बढाइसकेको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।