एभरेष्ट इन्स्योरेन्सको हकप्रद आजदेखि बन्द हुँदै ,कार्तिक २६ सम्म कायम शेयरधनीले पाउने

Jan 06, 2019 Merolagani

एभरेष्ट इन्स्योरेन्स (EIC) ले मंसिर १६ गतेदेखि निष्काशन गरेको एक कित्ता बराबर १.०५ कित्ताको अनुपातमा संस्थापक हकप्रदमा आवेदन दिने पुस २२ गते (आज) अन्तिम दिन रहेको छ । यस शेयरमा कार्तिक २६ गतेसम्म कायम रहेका शेयरधनीले आवेदन गर्न सक्नेछन् ।

एभरेष्ट इन्स्योरेन्स ले चुक्ता पूँजीको १०५ प्रतिशतका दरले १४ लाख तीन हजार ३२५ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको हो । अहिले निष्काशन गरिएको सबै शेयर संस्थापक शेयर कायम हुनेछ । 

यसअघि शतप्रतिशत (सबै) सर्वसाधारण शेयरधनी रहेको यस इन्स्योन्सले बीमा समितिको निर्देशन अनुरुप संस्थापक शेयर बिक्री गरेको हो । एभरेष्ट इन्स्योरेन्सलाई संस्थापकको हिस्सा ५१ प्रतिशत बनाउन यसअघि बीमा समितिले दिएको निर्देशन दिएको थियो ।

हकप्रद आवेदनको लागि एभरेष्ट इन्स्योरेन्सका शाखा कार्यालय, बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नक्साल र धितोपत्र बोर्डबाट सि आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट ७७ जिल्लाबाटै आइतबार कार्यालय समयसम्म आवेदन गर्न सकिनेछ ।

यसका अतिरिक्त मेरो शेयर प्रयोगकर्ताले इन्टरनेटको प्रयोग गरेर घरबाटै बेलुका ५ बजेसम्म आवेदन दिन सक्नेछन् ।

हकप्रद बिक्री पश्चात कम्पनीमा संस्थापक शेयरधनीको स्वामित्व ५१.२२ प्रतिशत र सर्वसाधारणतर्फ ४८.७८ प्रतिशत कायम हुनेछ भने चुक्ता पूँजी २७ करोड ३९ लाख रुपैयाँ पुग्नेछ।

संस्थापक हकप्रद निष्काशन पश्चात कायम हुने चुक्ता पूँजीको कम्पनीले फेरि ३०० प्रतिशत हकप्रद जारी गरेर बीमा समितिले तोकेको न्यूनतम एक अर्ब चुक्ता पूँजी कायम गर्ने प्रकृयामा कम्पनीमा रहेको छ ।

एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४६ लाख १४ हजार रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी ३ रुपैयाँ ४५ कायम गरेको छ । कम्पनीको प्रतिकित्ता शेयरमूल्य ८४० रुपैयाँ रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।