साधारण सभाको अघिल्लो दिन किन कुटिए बंगलादेश बैंकका सञ्चालक दीपक कार्की ?

Jan 10, 2019 Merolagani

नेपाल बंगलादेश बैंकको सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक दीपक कार्की साधारण सभाको अघिल्लो दिन कुटिएका छन्। बैंक सञ्चालक समितिको बैठकमा नोट अफ डिसेन्ट राखेकै कारण नक्सालको एलिस रेष्टुरेन्टमा  कार्की कुटिएका हुन् ।

सञ्चालक कार्कीले बैंकले केन्द्रीय कार्यालय बनाउन भन्दै किन्न लागेको भाटभटेनी नजिकै रहेको अजेयराज सुमार्गीको ९ रोपनी जग्गा किन्ने विषयमा फरक मत राख्दै पाँचबुँदे असहमति राखेका थिए । पुस २५ गते साँझ बसेको सञ्चालक समितिको बैठकमा उनले नोट अफ डिसेन्टमाथि छलफल हुनुपर्ने अडान राखेका थिए । 

गत मंसिर २८ गतेकाे सञ्चालक समितिकाे बैठकमा उनले कार्यालयका लागि खरिद गर्न  लागेको ९ रोपनी जग्गा उपयुक्त स्थानमा नरहेको तरलता अभावको बेला ९० करोड रुपैयाँको जग्गा खरिद नगरि अन्य उपयुक्त स्थानमा जग्गा खोज्नुपर्ने भन्दै  विमति राखेका थिए ।

सोहि विमतिका कारण एलिस रेष्टुरेन्न्टमा आयोजना गरिएको सञ्चालकहरुको भोजमा अपरिचित ब्यक्तिको प्रयोग गरि आफुमाथि कुटपीट भएको कार्कीको भनाई छ ।

कुटपिटबाट कार्कीको शरीरमा विभिन्न चोटपटक लागेको छ। हेर्नुहोस् तस्बिर:-

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।