हकप्रद समायोजन पश्चात मिथिला लघुवित्तको शेयरमूल्य ३ प्रतिशत बढ्याे

Jan 15, 2019 Merolagani

मिथिला लघुवित्त वित्तीय संस्था (MLBBL) को ५० प्रतिशत हकप्रद समायाेजनपछि ३ प्रतिशत शेयरमूल्य बढेकाे छ। माघ १ गते मंगलबार नेप्सेले मिथिला लघुवित्तको ५० प्रतिशत हकप्रदपछि प्रतिकित्ता ६४३ रुपैयाँ ३३ पैसामा शेयरमूल्य समायाेजन गरेकाे थियाे। कम्पनीकाे शेयर ३.०६ प्रतिशतले वृद्दि भइ ६६३ रूपैयाँमा काराेबार बन्द भएकाे छ ।

लघुवित्तको औसत आधारमूल्य भने ८९७ रुपैयाँ ६७ पैसा कायम भएको नेप्सेले जनाएको छ ।कम्पनीले हकप्रद जारी गर्न माघ १ गते मंगलबार बुकक्लोज गरेसँगै शेयरमूल्य समायोजन भएको हो ।

लघुवित्तले २ः१ अनुपातमा जारी गर्ने ३ लाख २९ हजार ८९० कित्ता हकप्रद शेयरमा पुस ३० गते सोमबारसम्म कायम शेयरधनीले मात्र आवेदन दिन पाउनेछन् ।

हकप्रदको बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट्स रहेको छ ।

हाल ६ करोड ५९ लाख ७७ हजार ९४० रुपैयाँ रहेको मिथिला लघुवित्तको गत आवको १०.४५ प्रतिशत बोनस र हकप्रद पश्चात १० करोड ५८ लाख ६१ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

मिथिला लघुवित्तकाे माघ १ गते बुकक्लोज, सोमबारसम्म कायम शेयरधनीले मात्र हकप्रद पाउने

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।