मिथिला लघुवित्तकाे माघ १ गते बुकक्लोज, सोमबारसम्म कायम शेयरधनीले मात्र हकप्रद पाउने

Jan 14, 2019 Merolagani

मिथिला लघुवित्त (MLBBL) ले ५० प्रतिशत हकप्रद जारी गर्नका लागि माघ १ गते शेयरधनी दर्ता पुस्तिका बन्द मिति तोकेको छ। यसअनुसार पुस ३० गते सोमबारसम्म कायम शेयरधनीले मात्र उक्त हकप्रद पाउनेछन् ।

नेपाल स्टक एक्सचेञ्जमा पुस २९ गते आइतबार कम्पनीकाे शेयर प्रतिकित्ता ९१२ रूपैयाँमा काराेबार भएकाे छ ।

लघुवित्त कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत अर्थात ३ करोड २९ लाख ८९ हजार रुपैयाँ बराबरको ३ लाख २९ हजार ८९० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

लघुवित्तले चुक्ता पूँजीको ५० प्रतिशत अर्थात २ बराबर एक अनुपातमा हकप्रद बिक्री गर्न काठमाडौं क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

हाल ६ करोड ५९ लाख ७७ हजार ९३८ रुपैयाँ चुक्ता पूँजी रहेको छ ।

लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १०.४५ प्रतिशत (६८ लाख ९४ हजार ६९५ रुपैयाँ) बोनस शेयर वितरण गर्ने प्रस्ताव गरिसकेको छ।

हकप्रद र बोनसपछि मिथिलाको चुक्ता पूँजी १० करोड ५८ लाख ६१ हजार ६०२ रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले ३५ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५३ पैसा कायम गरेको छ ।

लघुवित्त कम्पनीले सो हकप्रद निष्काशनका लागि असोज २३ गते बोर्डसँग अनुमति मागेकोमा बोर्डले पुस १३ गते अनुमति दिएको थियो।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।