सबैको लघुवित्तको १३ प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 20, 2019 10:02 AM Merolagani



सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड (SABSL) ले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको १३ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने मंसिर ४ गते बुधबार (आज) अन्तिम दिन हो।

साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले मंसिर ५ गतेदेखि शेयरधनी दर्ता किताब बन्द गर्ने भएकाले बुकक्लोजको अघिल्लो दिनसम्म कायम रहने शेयरधनीले मात्र लघुवित्तको लाभांश पाउनेछन्।

सबैको लघुवित्तको मंसिर ३ गते मंगलबार प्रतिकित्ता ५४८ रुपैयाँमा शेयर खरीद बिक्री भएको छ।

लघुवित्तले गत आर्थिक वर्षको संचित मुनाफाबाट चुक्ता पूँजी १६ करोड ५० लाख रुपैयाँको १३ प्रतिशतले हुन आउने २ करोड १४ लाख ५० हजार रुपैयाँ बराबरको बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

लघुवित्त सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश मंसिर २१ गते हुने वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

बोनस वितरण पछि लघुवित्तको चुक्ता पूँजी १८ करोड ६४ लाख ५० हजार रुपैयाँ पुग्नेछ।

सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथौं त्रैमासमा ३ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। लघुवित्तले गत साउन १ गतेदेखि ५ करोड ३० लाख बराबरको ५ लाख ३० हजार कित्ता आईपिओ निष्काशन गरेको थियो। सो शेयर साउन १० गते बाँडफाँड भएर भदौ ५ गते बिहीबारदेखि नेप्सेमा शेयर कारोबार खुलेको थियो।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।