नेशनल माइक्रोफाइनान्सको लाभांश आजसम्म कायम शेयरधनीले मात्र पाउने

Dec 01, 2019 09:34 AM Merolagani



नेशनल माइक्रोफाइनान्स (NMFBS)ले गत आर्थिक वर्षको मुनाफबाट वितरण गर्ने घोषणा गरेको सर्वाधिक बोनस शेयर सहितको ८० प्रतिशत लाभांश सुरक्षित गर्ने आज (मंसिर १५ गते, आइतबार) अन्तिम दिन हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि लघुवित्तले मंसिर १६ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्नेछ। यसअनुसार लाभांश पाउन आइतबारसम्म शेयरधनी कायम भैसकेको हुनुपर्छ।

लघुवित्तले ७५ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न मंसिर २९ गते छैठौँ वार्षिक साधारण सभा आयोजना डाकेको छ। सो सभा क्रिक रिसोर्ट, धादिङ्गबेशी, धादिङ्गमा बिहान ११ बजे सुरु हुनेछ।

सो सभाले बोनस शेयर वितरणपश्चात कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने, अन्य वित्तीय संस्थासंग मर्जर अथवा एक्वायर गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने, नाम परिवर्तन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

लघुवित्तको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

हाल १५ करोड ८ लाख ८३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको प्रस्तावित ११ करोड ३१ लाख ६२ हजार २५० रुपैयाँ बराबरको बोनस पूँजीकरणपश्चात लघुवित्तको २६ करोड ४० लाख ४५ हजार २५० रुपैयाँ चुक्ता पूँजी कायम हुनेछ ।

गत साता लघुवित्तको शेयर प्रतिकित्ता एक हजार ७९८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

लघुवित्तले चालु आर्थिक वर्षको प्रथम त्रैमासम्ममा ४ करोड २० लाख खुद नाफा आर्जन गरेको थियो। सो अवधिसम्ममा लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ६२.४३ रुपैयाँ र मूल्य आम्दानी अनुपात २५.६० गुणा कायम भएको थियो।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।