नेपाल इन्भेष्टमेन्ट बैंक र वोमी लघुवित्तको लिलामी शेयरमा आवेदन गर्ने बिहीबार अन्तिम दिन

Nov 14, 2019 11:46 AM Merolagani



नेपाल इन्भेष्टमेन्ट बैंक र वोमी लघुवित्त वित्तीय संस्थाले कार्तिक २१ बिहीबारदेखि बिक्रीमा ल्याएका संस्थापक शेयरमा आवेदन गर्ने कार्तिक २८ गते बिहबिार अन्तिम दिन रहेको छ। 

 इन्भेष्टमेन्ट बैंकले २९ हजार ३८० कित्ता र वोमी लघुवित्तले ६२ हजार १८३ दशमलव ८० कित्ता गरी ८१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएका थिए।

बैंकको शेयरमा संस्थापक शेयरधनी तथा संस्थापक शेयर किन्न योग्य अन्य व्यक्ति तथा संस्थाहरुले पनि आवेदन दिन पाउनेछन्।

इन्भेष्टमेन्ट बैंक (NIBPO) को उक्त संस्थापक शेयरमा लगानीकर्ताले न्यूनतम प्रतिशेयर २७५ रुपैयाँ अंकित गरी प्रतिस्पर्धात्मक मूल्यमा आवेदन पेश गर्न सक्नेछन्। लगानीकर्ताले शेयरमा न्यूनतम ३ हजार कित्तादेखि अधिकतम सबै कित्ता शेयर खरिदको लागि आवेदन दिन पाउने व्यवस्था रहेको छ।

बैंकको संस्थापक शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आज कार्यालय समयभित्र एनआईबीएल एस क्यापिटल लिमिटेड लाजिम्पाटमा आवेदन आइपुग्ने गरी आवेदन पेश गर्नुपर्नेछ। बैंकको संस्थापक शेयर बिहीबार प्रतिकित्ता ४०५ रुपैयाँमा कारोबार भैरहेको छ।

शेयरको बोलपत्र मंसिर २ गते बिहान साढे १० बजे एनआइबीएल एस क्यापिटलको कार्यालयमा खोलिने बैंकले जनाएको छ।

बैंकको शेयरमा सबैभन्दा धेरै मूल्य अंकित गरी आवेदन गर्ने लगानीकर्तालाई प्राथामिकतामा राखेर शेयर बाँडफाँड गरिने छ।

त्यसैगरी वोमी लघुवित्त (WOMI) ले संस्थापक तर्फको अवितरित हकप्रद शेयर दोस्रोपटक लिलामीमा ल्याएको हो। कम्पनीले पहिलो चरणमा लिलामीमा बिक्री खुला गर्दा पनि वितरण हुन नसकेको उक्त लिलामी शेयरमा प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि प्रतिस्पर्धात्मक मूल्यमा आवेदन गर्न सक्नेछन्।

लिलामी शेयरमा लगानीकर्ताले न्युनतम १००० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि भित्र गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।

लघुवित्तको साधारण शेयर बिहीबार प्रतिकित्ता १११६ रुपैयाँमा कारोबार भैरहेको छ। तर संस्थापक शेयर भने नेप्सेमा साधारण शेयर जसरी खरीद बिक्री हुने गरेको छैन।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।