लक्ष्मी बैंकको ऋणपत्रमा आवेदन गर्ने शुक्रबार अन्तिम दिन

Nov 08, 2019 11:48 AM merolagani



लक्ष्मी बैंक (LBL) ले बिक्रमा ल्याएको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन गर्ने कार्तिक २२ गते शुक्रबार अन्तिम दिन रहेको छ। बैंकले असोज २३ गतेदेखि बिक्रीमा ल्याएको ऋणपत्र शुक्रबार कार्यलय समयपश्चात बिक्री बन्द गर्न लागेको हो। 

बैंकले एक हजार रुपैयाँ अंकित दरमा २० लाख युनिट ऋणपत्र बिक्रमा ल्याएको हो। कूल निष्काशित ऋणपत्रको ४० प्रतिशत अर्थात ८ लाख युनिट सर्वसाधारणलाई छुट्याइएको छ भने बाँकी ६० प्रतिशत अर्थात १२ लाख युनिट बैंकले व्यक्तिगत तवरबाट अन्य संस्थाहरुलाई बिक्री गर्ने छ।

ऋणपत्रमा आवेदन गर्न चाहाने लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म खरीदका लागि आवेदन दिन सक्नेछन्।

बैंकको ऋणपत्रमा लगानीकर्ताले सि-आश्वा अनुमति प्राप्त सम्पुर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयर प्रयोगकर्ताले सो सफ्टवेर मार्फत आवेदन गर्न सक्नेछन्।

बैंकले निष्काशन गर्ने “१० प्रतिशत लक्ष्मी बैंक डिबेञ्चर, २०८६” को अवधि दश वर्ष रहेको छ भने लगानी गर्ने लगानीकर्तालाई दश वर्षसम्म वार्षिक १० प्रतिशत ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ।

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको बैंकको ऋणपत्रलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले मध्यम खालको सुरक्षा जनाउने एलबीबीबी प्लस रेटिङ्ग प्रदान गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुमा लगनीयोग्य रकम अभाव खड्किएपछि केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत बैंकिङ्ग प्रणालीमा साधन परिचालनमा देखिने असन्तुलनलाई कम गर्न अनिवार्य रुपमा चुक्ता पूँजी २५ प्रतिशत बराबरको ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेको छ। सोहि अनुसार पछिल्लो समय सबैजसो बैंकहरु ऋणपत्र जारी गर्ने तयारीमा रहेका छन्।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।