एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१ परिपक्क भएपछि १६ कम्पनीको शेयर लिलामीमा

Nov 21, 2019 12:17 PM Merolagani



एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-१ कार्तिक २ गतेदेखि परिपक्क भएपछि कोष व्यवस्थापक एनएमबि क्यापिटलले आफ्नो स्वामित्वमा रहेका १६ कम्पनीको शेयर मंसिर ५ गतेदेखि लिलामी बढाबढ मार्फत बिक्रीमा ल्याएको छ।

कोषले ११ कम्पनीको ४७ हजार ६७० कित्ता शेयर र  पाँच बैंकको एक लाख ७४ हजार कित्ता डिबेञ्चर लिलामी मार्फत बिक्री गर्न लागेका हो। जसमा दुई वाणिज्य बैंक, तीन विकास बैक, ५ वटा लघुवित्त कम्पनी र लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) को साधारण शेयर रहेका छ।

फण्डले आफ्ना ईकाईधनीहरुको रकम फिर्ता गर्न उक्त कम्पनीहरुको शेयर लिलामी गर्ने भएको हो। इच्छुक लगानीकर्ताले मंसिर ५ गते विहीबारदेखि मंसिर ११ गते बुधबारसम्म आवेदन गर्न पाउनेछन्। उक्त बोलपत्र मंसिर १२ गते खुला गरिने जनाइएको छ।

क्यापिटलले अधिकांश शेयरहरु दोस्रो बजार मार्फत बिक्री गरेको भएको पनि हालै घोषित बोनस, सूचीकृत हुन बाँकी हकप्रद तथा मर्जरको क्रममा रहेका केही कम्पनीहरुको शेयर मात्र लिलामी गर्न लागेको बताएको छ।

क्यापिटलले लिलामीमा गर्न लागेको कम्पनीहरुको न्यूनतम शेयरको मूल्य प्रतिकित्ता एक सय रुपैयाँ र ऋणपत्रको न्यूनतम  एक हजार रुपैयाँ भन्दा धेरै मूल्य तोकिएको छ। सो वा सो भन्दा बढी प्रतिस्पर्धि मूल्यमा लगानीकर्ताले आवेदन गर्न सक्नेछन्।

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।